लकडाउनकै बिचमा नेको ईन्स्योरेन्सद्वारा बिमा दावी भुक्तानी

बुटवल । नेको ईन्स्योरेन्सले लकडाउनको समयमा पनि बिमा दावी भुक्तानी गरेको छ । गत मंसिर २१ गते बुटवल उपमहानगरपालिका वडा नं. ६ मा रहेको श्री एस बुटवल विजनेश हाउसमा आगलागी भएको थियो । उक्त आगलागीबाट भएको क्षतीवापतको बिमाको दावी भुक्तानी गरिएको नेको ईन्स्योरेन्सका सहायक महाप्रवन्धक तथा क्षेत्रीय प्रवन्धक रमेशबहादुर थापाले जानकारी दिनुभयो ।

सोमबार नेको ईन्स्योरेन्स बुटवल शाखामा भएको दावी भुक्तानी प्रदान गर्ने कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीका अध्यक्ष खिमबहादुर हमालले श्री एस बुटवल विजनेश हाउसका सञ्चालक सुरेश पन्थीलाई ५५ लाख रुपैंया दावी भुक्तानी गर्नुभएको हो ।

त्यस अवसरमा बोल्दै संघका अध्यक्ष हमालले मुलुकमा भएको लकडाउनको बिचमा पनि कम्पनीले बिमाको दावी भुक्तानी गरेकामा धन्यवाद व्यक्त गर्दै बिमा गर्दा राम्रो कम्पनी छानेर बिमा गर्न समेत सुझाव दिनुभयो ।

त्यस्तै श्री एस बुटवल विजनेश हाउसका सञ्चालक पन्थीले कम्पनीबाट छिटो छरितो र क्षतीको सहि मुल्याङ्कन गरि दावी भुक्तानी गरेको भन्दै खुसी व्यक्त गर्नुभयो । त्यस्तै कम्पनीका क्षेत्रीय प्रवन्धक रमेशबहादुर थापाले नेको ईन्स्योरेन्सले बिमाको नियम अनुसार सकेसम्म छिटो भुक्तानी गर्नेगरी काम गर्दै आएको बताउनु भयो । नेकोका कर्मचारी गोपीलाल पौडेलले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।