Tuesday 26th March 2019
  • New title for a=>html, img=>alt
  • विप्लव नेतृत्वको नेकपामाथि सरकारको प्रतिवन्ध

    March 12, 2019


    बुटवल, २८ फागुन । सरकारले नेत्र बिक्रम चन्द नेतृत्वको नेकपालाई आपराधिक संगठन भएको ठहर गर्दै प्रतिबन्ध लगाएको छ । मंगलबार साँझ बसेको मन्त्री परिषद बैठकले उक्त पार्टीलाई प्रतिवन्ध लगाउने घोषणा गरेको हो ।
    विप्लव समूहले आपराधिक कृयाकलाप गरेको, विकासका पूर्वाधारमाथि बम विस्फोट गराउने काम गरेको तथा शान्ति सुरक्षामथि आक्रमण गर्ने कार्य गरेको ठहर गर्दै प्रतिवन्ध लगाउन घोषणा गरेको हो ।
    मन्त्रिपरिषद् बैठकले विप्लव समूहका नामबाट अब कुनै पनि गतिविधि गर्न नदिनेगरी प्रतिबन्ध लगाएको बताईएको छ ।
    सरकारले बार्तामा बोलाउँदा समेत नआउने र शान्ति सुरक्षा बिथोलिनेगरी काम गरेकाले प्रतिवन्ध लगाउनु परेको प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा ब्रिफिङ् गर्नुभएको थियो ।