Tuesday 26th March 2019
  • New title for a=>html, img=>alt
  • श्रीमती हत्या अभियोगमा श्रीमानलाई मुद्धा

    January 4, 2019


    नवलपरासी, २० पुस । नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका ४ लक्ष्मीनगर निवासी २१ बर्षीय महिला कमला चौधरीलाई आफ्नै श्रीमानले हत्या गरेको खुलेको छ ।
    केही दिनदेखि हराएकी भन्दै कमला चौधरीका श्रीमान् सुनिल चौधरीले प्रहरीलाई खोजीका लागि उजुरी गरेका थिए । घटनाको अनुन्धना हुँदै जाँदा आफैले हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका सूचना अधिकारी प्रहरी नावय उपरीक्षक वीरेन्द्र थापाले बताउनु भयो ।
    गत पुस ४ गते जंगलमा श्रीमान् श्रीमती दुवै मिलेर घाँस दाउँरा गर्न जाने क्रममा घरायसी विवादका कारण श्रीमानले जंगलमै हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको उहाँले बताउनु भयो ।
    हत्याको अभियोगमा श्रीमान सुनिललाई प्रहरीले नियन्त्रणमा लिएको छ । चौधरीले जंगलमा घाँस दाउरा गर्न जाँदा श्रीमती वेपत्ता भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । कमला चौधरीको शव बुधबार बर्दघाटको चिसापानी जंगलमा मृत अवस्थामा फेला परेको थियो । प्रहरीले घटनामा शंकास्पद लागेपछि अनुसन्धान थालेको थियो । श्रीमतीको हत्या गर्ने सुनिल चौधरीलाई प्रहरीले कर्तव्य जान मुद्दा अन्तरगत अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।