Tuesday 26th March 2019
  • New title for a=>html, img=>alt
  • संकटालाई पछिपार्दै च्यासल अंघिल्लो चरणमा

    February 18, 2019


    बुटवल, ६ फागुन । बुटवलमा जारी २१ औं तिलोत्तमा गोल्डकप फूटवल प्रतियोगितामा सिएमजी संकटालाई पछि पार्दै भ्याली च्यासल युथ क्लव अंघिल्लो चरणमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा २ शुन्य गोल अन्तरले संकटालाई पछि पार्दै भ्याली च्यासल युथ क्लव अंघिल्लो चरणमा प्रदेश गरेको हो ।
    कडा प्रतिस्पर्धाका बिच निर्धारित समयको पहिलो हाफमा गोल रहित बराबरीमा भएको खेलमा दोस्रो हाफको चौंथो मिनेटमा च्यासलका अर्मान्ड बेअडोमले पहिलो गोल गरि टिमलाई अग्रता दिलाएका थिए । त्यस्तै सातौं मिनेटमा सजिन थापा मगरको गोलले दोस्रो गोलले अंगाडी बढेको च्यासलको बिरुद्धमा संकटाले भने गोल फर्काउन सकेन ।
    संकटाको डिफेन्स कडा हुँदाहुँदै पनि मिसपासका कारण पाएका राम्रा अवसरलाई समेत गुमाउनु परेको थियो । खेलमा दोस्रो हाफको सुरुवाती समयमै दुई गोलको सामना गरि दवावमा परेको संकटाले पटक पटक पाएका अवसर समेत गुमाउँदा शुन्यमै सिमित रहन पुग्यो ।
    मंगलबार समुह ‘ख’बाट क्वाटर फाईनलकालागि दार्जिलिङ् युनाईटेड भारत र नेपाल पुलिस क्लवका बिच खेल हुने आयोजक जिल्ला फूटवल संघ रुपन्देहीले जनाएको छ ।