Tuesday 26th March 2019
  • New title for a=>html, img=>alt
  • सरकारले घुडा टेक्नेगरी आन्दोलनको ज्वारभाटा ल्याउन आग्रह : नगरप्रमुख घिमिरे

    January 6, 2019


    बुटवल, पुस । घरजग्गा व्यबसायीहरुले सरकारलाई रोकिएको कित्ताकाट फूकुवा गर्न माग गरेका छन् । रुपन्देही घरजग्गा व्यबसायी संघले शनिबार रुपन्देहीको मणिग्राममा आयोजना गरेको पहिलो साधारण सभामा बोल्दै व्यबसायीले सरकारले जग्गाको कित्ताकाट रोकेकै कारण भ्रष्टाचार झनै मौलाउँदै गएको बताएका थिए ।

    कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले सरकारले रोकेको कित्ताकाट फूकुवा गर्नकालागि आफूले धेरै प्रयास गरेको स्मरण गर्दै आन्दोलनको ज्वारभाटा नल्याएसम्म यो सरकार सुन्नेवाला नभएको बताउनु भयो । उहाँले घरजग्गा व्यबसायीलाई सरकारले घुडा टेक्नेगरी आन्दोलनको ज्वारभाटा ल्याउन आग्रह गर्दै त्यो आन्दोलनमा आफ्नो पनि साथ र समर्थन रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । ‘सामान्य आन्दोलनले यो सरकारले सुन्नेवाला छैन ।’ नगरप्रमुख घिमिरेले भन्नुभयो–‘राज्यलाई घुडा टेकाउनेगरी आन्दोलनको ज्वारभाटा ल्याउनुहोस, त्यसमा हाम्रो पनि साथ र समर्थन रहने छ ।’

    सरकारले व्यक्तिको स्वामित्वमा रहेको जग्गामा कित्ताकाट रोकेर सम्पत्ति किनबेच गर्न पाउने अधिकारको समेत हनन गरेको उहाँले आरोप लगाउनु भयो । सरकारको घरजगगामा कित्ताकाट रोक्ने निर्णय दुरासययुक्त रहेको भन्दै कित्ताकाट रोकिएपछि चौगुना बढी कित्ताकाट हुनुकासाथै करोडौ अरवौं भ्रष्टाचार भएको आरोप लगाउनु भयो । नगरप्रमुख घिमिरेले कित्ताकाट रोकिएपनि टेवुलमुनीबाट असुलेर कित्ताकाट हुने गरेको बताउँदै त्यसरी असुल भएको रकम मन्त्रीदेखि पिउनसम्म बाँडफाँड हुने उहाँले अरोप लगाउनु भयो ।

    घरजगगा व्यबसाय र व्यबसायीलाई धाराशायी बनाउन सरकारले गम्भिर त्रुटीपूर्ण र दुराशय युक्त निर्णय गरेको आरोप समेत गराउनु भयो । उहाँले पूर्वाधार सहितको व्यबस्थित बस्ती बिकासको काम व्यबसायीबाटै सम्भव रहेको बताउँदै यसमा सरकारले सहयोग गर्नुपर्ने भनाई राख्नुभयो ।

    त्यस्तै संघका कानुनी सल्लाहकार तथा प्रदेश पाँच कानुन मस्यौदा समितिका सदस्य अधिवक्ता खुमाकान्त पौडेलले सरकारले कानुन, ऐन, नियम र प्रावधान नबनाईकनै कित्ताकाट रोक्ने काम गरेर झनबढी बिकृति निम्त्याएको आरोप लगाउनु भयो ।

    कार्यक्रममा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संघका अध्यक्ष दशरथ पौडेलले सरकारले रोकेको कित्ताकाट फूकुवा गर्नकालागि भएका प्रयासहरुको बारेमा जानकारी गराउँदै सरकारले कित्ताकाट रोकेपनि अवैध रुपमा कित्ताकाट भईरहेको र यसले आर्थिक अनियमितता बढाएको उल्लेख गर्नुभयो ।

    संघका केन्द्रीय अध्यक्ष राजकुमार राईले सरकारले कित्ताकाट रोकेपछी घरजग्गा व्यबसाय धाराशायी भएको बताउँदै कित्ताकाट खुल्ला नगर कडा आन्दोलनमा उत्रिनुको विकल्प नरहेको भनाई राख्नुभयो ।

    कार्यक्रममा बिभिन्न जिल्लाबाट आएका व्यबसायीहरु अरुण त्रिपाठी, रोषन बोहोरा, सुर्य तामाङ्, तिलोत्तमा वडा नं. ५ का अध्यक्ष चेतनारायण भण्डारी, संघका बुटवल सेक्टर संयोजक गोबिन्द गैरे, कार्यसमिति सदस्य रमेस डुम्रे लगायतले भनाई राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन कार्यसमिति सदस्य शोभाखर पोखरेलले गर्नुभएको थियो ।