Monday 27th May 2019
  • New title for a=>html, img=>alt
  • सहकारीमा महिला सदस्यलाई तालिम

    March 6, 2019


    तिलोत्तमा, २२ फागुन । तिलोत्तमाको वडा नम्वर २ जानकीनगर स्थित तिलोत्तमा बहुमुखि सहकारी सस्था लिमिटेडले नारी दिवशको अवसरमा उद्घोषण कला, बित्तिय साक्षरता तथा कानुनी सचेतना तालिम सुरु गरेको छ । सहकारीमा आवद्ध सिष्टर्स क्लवका अध्यक्ष तथा पदाधिकारीहरु गरी २५ जनाको सहभागिता रहेको तालिममा राष्ट्रिय सहकारी बोर्डका सदस्य तथा सहकारीका अध्यक्ष माधवलाल देवकोटा, अधिवक्ता मिना पाण्डे र पत्रकार सञ्जु पौडेलले सहजिकरण गर्नु हुने छ । ५ दिनसम्म सहकारीको कार्यालयमा चल्ने तालिमको उदघाटन गर्दै सहकारीका संरक्षक तथा संस्थापक अध्यक्ष यमबहादुर खत्रीले महिलालाई आत्मनिर्भर बनाउन, नेतृत्वमा स्थापित गराउन र ऐन कानूनका बारेमा जानकारी लिन यस्ता लालिम उपयोगि हुने बताउनु भयो । उहाले महिलाहरुलाई संघ सस्था तथा अन्य बिभिन्न निकायमा धेरै अवसर भएकाले घर व्यवहारबाट बचेको समय समाजसेवा र आर्थिक उपार्जनका क्षेत्रमा लगाउन आग्रह गर्नु भयो ।
    सहकारीका पुर्वअध्यक्ष ढालबहादुर कार्कीले सरकारले दिने अनुदान सहयोग र अन्य कार्यक्रमको उपयोग गरी आत्मनिर्भर बन्न यस्ता तालिमलाई बढी उपयोगि बनाउन महिलाहरु आफै जागरुक हुनुपर्ने बताउनु भयो । सस्थाका अध्यक्ष माधवलाल देवकोटाको सभापतित्व, सचिव पार्वती थापाको सञ्चालन, कार्यक्रम संयोजक लोमकिशोर आचार्यको स्वागतमा भएको उदघाटन कार्यक्रममा संस्थाका सल्लाहकार गुरुप्रसाद देवकोटा, उपाध्यक्ष हरीप्रसाद तिवारी, लेखा समिति सदस्य फर्सुराम भण्डारी लगायतले बोल्नु भएको थियो । रुपन्देही कार्य क्षेत्र रहेको तिलोत्तमा बहुमुखीमा २ हजार शेयर सदस्य रहेका छन् । यस सहकारीले प्रत्येक वर्ष नारी दिवशमा बिभिन्न सीपमुलक तालिम सञ्चालन गर्ने गर्दछ ।