अनेरास्ववियुको अध्यक्षमा नविना लामा विजयी

442

अनेरास्ववियुको अध्यक्षमा नविना लामा विजयी

nabina lamaकाठमाडौं । अनेरास्ववियुको अध्यक्षमा नविना लामा निर्वाचित भएकी छिन् । नेकपा एमालेको जनवर्गीय संगठन अनेरास्ववियुको २२ औं महाधिवेशनबाट प्रतिद्धन्द्धी दिपक गौतमलाई हराउदैं निर्वतमान महासचिव लामा अध्यक्षमा निर्वाचित भएकी हुन् । लामाले ८ सय ६५ मत ल्याएकी छिन् भने प्रतिद्वन्द्वी दीपक गौतमले मत ६ सय ४९ पाएका छन् ।

अखिल इतिहासमा रामकुमारी झाँक्रीपछि नेतृत्व सम्हाल्ने नविना दोस्रो नेतृ भएकी छन् । यस्तै उपाध्यक्षमा महेश बर्तौला ७८६ ,रश्मि आचार्य ७४२,शैलेश लामा ६८२ र सुनिता बराल ७२१ मतका साथ निर्वाचित भएका छन्।

महासचिवमा लामा प्यानलकै ऐनबहादुर महर निर्वाचित भए। उनले गौतम प्यानलका अब्दुल हुसेन खाँलाई पराजित गरे। महासचिवमा निर्वाचित ऐन महरले ८३१ मत प्राप्त गर्दा हुसेनले ६६० मत प्राप्त गरे। सचिवाहरुमध्ये खुल्लातर्फ समिक बडाल, आरसी लामिछाने, सुदेश पराजुली र मकर खड्का विजयी भएका छन् ।