अमरपथमा दीपावली महोत्सव हुँदै

396

अमरपथमा दीपावली महोत्सव हुँदै

12019845_455066491347118_3141406848687817997_nबुटवल । बुटवलको प्रमुख व्यापारिक केन्द्र अमरपथमा दीपावली महोत्सव गर्ने गयारी गरिएको छ ।
अमरपथ टोल व्यबसायी समितिले बुटवलको आयोजनामा बुटवलको मुख्य व्यापारिक स्थल अमरपथको पहिचान बढाउनकालागि यहि कात्तिक २४ गतेदेखि ३ दिनसम्म दीपावली महोत्सव गर्न लागिएको व्यबसायी समितिका संयोजक पुरनप्रसाद श्रेष्ठले बताउनु भयो ।
दीपावलीको अवसर पारेर अमरपथ व्यबसायी समितिले प्रत्येक वर्ष तीन दिने दीपावली महोत्सव गर्दै आएको छ । यो सातौं दीपावली महोत्सव हो ।
अमरपथ प्रहरी बिट देखि मल्ली कम्प्लेक्स सम्म बिशेष साजसज्जा गरि लक्ष्मी भित्र्यानका लागि पनि दिपावली महोत्सव गरिने व्यबसायी समितिका सचिव करुण खनालले जानकारी दिनुभयो । महोत्सवकालागि तयारीका कामहरु भईरहेका छन् ।
महोत्सवमा लक्ष्मी पुजा तथा लोकसंस्कृती झल्कीने सांस्कृतिक कार्यक्रमहरु गरिने छ । त्यस्तै यो वर्ष पहिलो पटक बिभिन्न संस्कृतिका सांस्कृतिक फूड स्टल समेत राखिने संयोजक श्रेष्ठले बताउनु भयो ।
महोत्सवलाई लक्षित गरि सो क्षेत्रमा पर्ने प्रत्येक पसलले हरेक सामानको बिक्रिमा थप १० देखि १५ प्रतिसत सम्म छुट अफर प्रदान गरिने आयोजकले जनाएको छ ।