अमरपथ दीपावली महोत्सव शुरु

1.8K

अमरपथ दीपावली महोत्सव शुरु

amar खेमानन्द पाठक बुटवल,कात्तिक । बुटवलको प्रमुख व्यापारिक केन्द्र अमरपथमा आठौं अमरपथ दीपावली महोत्सव सुरु भएको छ ।
अमरपथ टोल व्यबसायी समिति बुटवलको आयोजनामा तीन दिने दीपावली महोत्सव सुरु भएको हो । महोत्सवको उद्घाटन मंगालबार साँझ एक कार्यक्रमकाबीच बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष महेशमान सिंहले गर्नुयभो ।
महोत्सवको उद्घाटन गर्दै संघका अध्यक्ष सिंहले अमरपथमा हुने दीपावली महोत्सवले संस्कार र संस्कृती संरक्षणमा उल्लेखनीय भूमिका खेलेको बताउनु भयो ।
बुटवलको मुख्य व्यापारिक स्थल अमरपथको पहिचान बढाउनकालागि आयोजना गरिएको दीपावली महोत्सव यहि कात्तिक २६ गतेसम्म चल्नेछ ।
अमरपथ प्रहरी बिट देखि मल्ली कम्प्लेक्ससम्म बिशेष साजसज्जा गरि झकीझकाउ बनाईएको छ ।
महोत्सवमा लक्ष्मी पुजा तथा लोकसंस्कृती झल्कीने सांस्कृतिक कार्यक्रमहरु गरिने छ । त्यस्तै यो वर्ष पहिलो पटक बिभिन्न संस्कृतिका सांस्कृतिक फूड स्टल समेत राखिने दीपावली महोत्सवका संयोजक पुरनप्रसाद श्रेष्ठले बताउनु भयो ।
महोत्सवलाई लक्षित गरि सो क्षेत्रमा पर्ने प्रत्येक पसलले हरेक सामानको बिक्रिमा थप १० देखि १५ प्रतिसत सम्म छुट अफर प्रदान गरिने आयोजकले जनाएको छ । त्यस्तै सुन चादीको कारोवारमा भने ज्यालामा छुट प्रदान गरिने आयोजकले बताएका छन ।
दीपावली महोत्सव अवधिभरमा साविकको भन्दा १५ प्रतिसत कारोवार बढ्ने व्पायारीहरु बताएका छन । अमरपथ ५५ जना व्यबसायीले व्यबसाय गर्दछन ।
दीपावली महोत्सवको उद्घाटन कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका पूर्व अध्यक्षहरु सुरेन्द्रप्रसाद श्रेष्ठ, निर्मलप्रसाद लाकौल, अर्जुनमान सैंजु, जिवन ओझा, रुपन्देही व्यापार संघका वरिष्ठ उपाध्यक्ष गणेश अधिकारी, उद्योग व्यापार संगठन बुटवलका अध्यक्ष खिमनारायण पराजुली, समाजसेवी गणेशमान सैंजु लगायतले शुभकामना प्रदान गर्नुभएको थियो ।
सोही अवसरमा समाजसेवी सैंजुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।