आईसियु/सिसियु एम्बुलेन्सका लागि सास्कृतिक कार्यक्रम

1.1K

आईसियु/सिसियु एम्बुलेन्सका लागि सास्कृतिक कार्यक्रम

बुटवल, २७ असोज । गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा आईसियु÷सिसियु एम्बुलेन्स संचालन गर्नका लागि सास्कृतिक कार्यक्रमबाट सहयोग जुटाउने भएको छ । रोटरी क्लब अफ सेन्ट्रल बुटवलको आयोजनामा रोटरी क्लब अफ भैरहवा, रोटरी क्लब अफ तिनाउ बुटवल, रोटरी क्लब अफ लुम्बिनी स्टारसहित रोट्याक्ट, ईन्ट्रायाक गरि एक दर्जन क्लबहरुले सहयोगमा कार्यक्रम हुने भएको हो । कार्तिक २३ गते बुटवल मण्डपमा हुने कार्यक्रमको तयारी भैरहेको रोटरी क्लब अफ सेन्ट्रल बुटवलका अध्यक्ष राजेन्द्र कार्कीले बताउनु भयो । सहयोग संकलनकालागि कार्यक्रममा ३ हजार, ५ हजार र १० हजार ३ प्रकारको टिकट ब्यवस्था गरिएको उहाँले जानकारी गराउनु भयो । टिकट खरिद गर्ने दर्शकमध्ये २५ जनाका दरले ३ प्रकारको प्लानमा फ्रि फुलबडि चेकअपको ब्यवस्था गरिएको समेत उहाँले बताउनु भयो ।
गौतम बुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमले बिरामीको सेवाका लागि एम्बुलेन्स सेवा थप गर्ने योजना रहेको बताउनु भयो । करीब ६० लाख पर्ने एम्बुलेन्स पुर्ण रुपमा सुविधा सम्पन्न सेवा उपलब्ध हुने उहाँले बताउनु भयो ।
एम्बुलेन्समा चिकित्सकसहितको सेवा हुने छ । सास्कृतिक संयोजक दिनेशराज रेग्मीले ३ घण्टाको समयमा कलाकारहरुले प्रस्तुति दिने बताउनु भयो । उहाँका अनुसार बुटवल मण्डपमा हुने कार्यक्रममा ८ देखि १० लाख खर्च अनुमान गरिएको छ ।