आमा–बुवाको स्मृतिमा गौशालालाई छोटा हात्ति

964

आमा–बुवाको स्मृतिमा गौशालालाई छोटा हात्ति


बुटवल, ११ पुस । रुपन्देहीको देवदह नगरपालिका वडा नं. १० मा रहेको सिद्धेश्वर महादेव मन्दिरमा सञ्चालन गरिएको कामधेनु गौशालालाई बुटवलका उद्योगीहरुले छोटा हात्ति गाडी सहयोग गरेका छन् ।
स्वर्गीय पिता पशुपति पौडेल तथा स्वर्गीय माता पार्वती पौडेलको स्मृतीमा छोराहरु चुन्नप्रसाद पौडेल, नरिश्वर पौडेल र भूमिराज पौडेल तथा स्वर्गीय पिता बालकृष्ण मालपानी, स्वर्गीय माता यशोदादेवी मालपानीको स्मृतीमा छोराहरु विजयकुमार मालपानी, कमल किशोर मालपानी र उमाशंकर मालपानीले गौशालालाई आवश्यक पर्ने छोटा हात्ति गाडी सहयोग गर्नुभएको हो ।
सो गाडी बुधबार गौशालामा पत्रकारहरुको बिचमा दाताहरुको तर्फबाट भूमिराज पौडेलले गौशालाका संरक्षक योगी शोमराजलाई हस्तान्तरण गर्नुभएको हो । त्यस अवसरमा बोल्दै देवदह नगरपालिकाका मेयर हिराबहादुर खत्रीले गौशालालाई प्राकृतिक चिकित्साको हवको रुपमा बिकास गर्नुपर्ने र त्यसमा नगरपालिकाको तर्फबाट पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
छोटा हात्ति गाडीको चावी हस्तान्तरण गर्दै उद्योगी भूमिराज पौडेलले गौशालाको आवश्यकता अनुसार स्वर्गीय वुआ–आमाहरुको तफूबाट आफूहरुले सहयोग गरेको बताउनु भयो । त्यस अवसरमा गौशालाको बारेमा जानकारी गराउँदै धार्मिक सामुदायिक बन तथा गौशालाका अध्यक्ष रामचन्द्र पाण्डेले गौ–प्राणीको रक्षा र गौमुत्र तथा मललाई आम्दानीको माध्यम बनाउँदै प्राकृतिक चिकित्साको हवको रुपमा बिकास गर्न खोजिएको बताउनु भयो ।
त्यस्तै गौशालाका संरक्षक योगी सोमराजले गौशाला सञ्चालन गर्न सुरु गरिएको करिव १९ महिना भएको र यस अवधिमा ५० प्रतिशत आत्मनिर्भर रहेको उल्लेख गर्दै छिटै पूर्ण रुपमा आत्मनिर्भर हुने बताउनु भयो ।