‘ईन्धन भण्डारणकालागि जग्गा उपलब्ध नभए उडान प्रभावित हुन सक्छ’

645

‘ईन्धन भण्डारणकालागि जग्गा उपलब्ध नभए उडान प्रभावित हुन सक्छ’

बुटवल, २५ फागुन । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले पेट्रोलियम पदार्थको भण्डारणकालागि भैरहवामा निर्माणधिन अन्तर्राष्ट्रिय गौतमबुद्ध बिमानस्थलले जग्गा उपलब्ध नगराएमा उडानमा समेत समस्या आउने तर्फ संकेत गर्नुभएको छ । अहिले उडान भरीरहेका जहाजलाई निगमले ट्यांकर मार्फत ईन्धन आपूर्ती गर्दै आएको छ । बिमानस्थल निमाण पछि ठूला जहाज उडान हुने र त्यसकालागि धेरै ईन्धन आपूर्ती गर्नुपर्ने भएकाले जग्गा व्यबस्था नभए ईन्धन आपूर्तिमा समस्या हुँदा उडान प्रभावित हुने उहाँले बताउनु भएको हो । पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसियसनको शनिबार रुपन्देहीको मणिग्राममा भएको १५ बार्षिक साधारण सभामा बोल्दै निगमका कार्यकारी निर्देशक पौडेलले पेट्रोलियम पदार्थ ढुवानीका क्रममा ट्याङ्करमा देखिएको समस्या निगमको मात्रै नभएर सबैको साझा समस्या भएको बताउनु भयो । त्यसको सुधारकालागि निगमले ईनिसियसन लिएर काम गर्ने बताउँदै लकिङ् सिष्टम सुधारकालागि बजेट विनियोजन भएर क्षेत्रीय कार्यालयमा अख्तियारी भईसकेको जानकारी गराउनु भयो ।
उहाँले व्यबसायीले पनि सहि परिमाणमा ईन्धन पाउनु पर्ने र उपभोक्तालाई पनि सहि परिमाणमा उपलब्ध गराउनु पर्ने बताउँदै यसैको सुधारकालागि लकिङ् सिष्टम शुरु गरिएको बताउनु भयो । उहाँले भारतीय आयल कर्पोरेसनदेखि पम्पसम्मै लकिङ् सिष्टम बनाउनकालागि आफू तयार रहेको बताउनु भयो । उहाँले यसको सुधारकालागि आफू तयार रहेको बताउँदै व्यबसायीलाई पनि तयार रहन आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्ने पेट्रोलियम व्यबसायीहरुले ट्याङकरको लकिङ् सिष्टम आईओसी देखि भण्डारण सम्ममात्रै नभएर पम्पसम्मै हुनु पर्ने माग गरेका थिए । त्यस्तै उनीहरुले ढुवानी गर्ने नीजि गाडीलाई पनि स्वीकृती नरोक्न माग गर्दै रोक्ने भए नीतिगत रुपमा प्रष्ट व्यबस्था गर्न आग्रह गरेका थिए । व्यबसायीहरुले करोडौ रुपैंया लगानी भएको व्यबसायमा २.६ प्रतिशत कमिसन थोरै भएको बताउँदै त्यसलाई बढाएर कम्तिमा ४ प्रतिशत पु¥याउन माग गरेका थिए ।
कार्यक्रममा बोल्दै नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियसनका अध्यक्ष लिलेन्द्र प्रधानले पम्पसम्म तेल नपुग्दासम्म लकिङ् सिष्टम बनाउन आग्रह गर्नुभयो । उहाँले बैंक ग्यारेन्टीका आधारमा तेल पाउनु पर्ने लगायतका माग राख्दै पेट्रोलियम व्यबसाय सेवा मुलक व्यबसाय भएकाले लगानी अनुसार प्रतिफल पाईएन भनेर निराश नहुन आग्रह गर्नुभयो । उहाँले व्यबसायिक दायित्व अनुसार ईमान्दारिता देखाउन, आचरण सुधार गर्न पनि व्यबसायीलाई आग्रह गर्नुभयो ।
गुणस्तर तथा नापतौल विभागका मनोज पौडेलले पेट्रोलियम व्यबसायमा गुणस्तर तथा नापतौलमा समस्या देखिएको बताउँदै ढुवानी भएको तेल पुरा नहुँने प्रमुख समस्या रहेको बताउनु भयो । ‘कि आईओसीले कम तेल दिएको हुनुपर्यो, कि ट्याङ्करमा समस्या हुनुपर्यो ।’ उहाँले भन्नुभयो–‘नेपाल आयल निगममा लेखेर दिएका छौं, कारण पहिचान गरेर अंगाडी बढ्नुपर्छ ।’
त्यस अवसरमा एशोसियसनले नेपाल आयल निगम भलवारीका प्रमुख ईञ्जिनियर सुरज शाह, प्रवन्धक शैलेन्द्र भुसाल र एशोसियसनका कार्यकारी सदस्य लोकप्रसाद भुसाललाई सम्मान गरेको थियो ।
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसियसनका अध्यक्ष प्रेम न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा रोडा ढुंगा व्यबसायी संघका प्रदेश अध्यक्ष गोपाल ज्ञवाली, मध्येपश्चिमाञ्चल पेट्रोलियम एशोसियसनका अध्यक्ष डिके न्यौपाने, सल्लाहकार बिरेन्द्र यादव, पूर्व अध्यक्ष राजेन्द्र गुप्ता, एमके मिया, तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष गुणानिधि भण्डारी, संघका कानुनी सल्लाहकार महेन्द्र पाण्डे, नेपाल पत्रकार महासंघ रुपन्देहीका सल्लाहकार खिमानन्द भट्टराई, एशोसियसनका महासचिव हरिराम कसौधन लगायतले भनाई राख्नुभएको थियो ।