एस्कोन रुपन्देहीको अध्यक्षमा जिसी

1.2K

एस्कोन रुपन्देहीको अध्यक्षमा जिसी

बुटवल, २३ भदौ । एक्टिभ सोशियल सर्कल अफ नेपाल (एस्कोन) रुपन्देहीको सोमबार बुटवलमा सम्पन्न साधारण सभा तथा अधिवेशनले खिलेन्द्र सिंह जिसीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा धर्मेन्द्र कसौधन, सचिवमा ध्रुव पाण्डे, कोषाध्यक्षमा बिरबल शर्मा र सहसचिवमा रुक्मांगत पोखरेललाई चयन गरिएको छ । त्यस्तै समितिको सदस्यहरुमा सिद्धार्थ पन्थी, शंकर केसी, सुशिल चुके लगात रहेका छन् ।
संस्थाका अध्यक्ष डिपि खनालको अध्यक्षमा भएको साधारण सभा तथा अधिवेशनमा रुपन्देही उद्योग संघका महासचिव कृष्णप्रसाद पराजुली, संस्थाका संस्थापक अध्यक्ष नारायण नेपाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै संस्थाले लिएको सामाजिक अभियानका कार्यक्रमलाई प्रभावकारी रुपमा अंगाडी बढाउन सुझाव दिनुभएको थियो ।
संस्थाका उपाध्यक्ष लक्ष्मण ज्ञवालीको स्वागत तथा सचिव धर्मेन्द्र कसौधनको सञ्चालनमा कार्यक्रम भएको थियो ।