औषधि व्यवसायी सङ्घमा सुरज भट्टराई निर्वाचित

363

औषधि व्यवसायी सङ्घमा सुरज भट्टराई निर्वाचित

बुटवल, २९ भदौ । नेपाल औषधि व्यवसायी सङ्घ रुपन्देहीको अध्यक्षमा सुरज भट्टराई निर्वाचित हुनुभएको छ । सङ्घको आगामी नेतृत्वका लागि शनिबार साँझ सम्पन्न निर्वाचनमा प्रतिद्वन्द्वी जवाहरलाल न्यौपानेलाई पराजित गर्दै भट्टराई निर्वाचित हुनुभएको हो । सङ्घको आगामी नेतृत्वका लागि अध्यक्ष बाहेक सबै पद निर्विरोध भएको थियो । निर्वाचन समितिका अनुसार अध्यक्षमा भट्टराईले ३२९ मत प्राप्त गरी विजयी हुनुभएको हो भने प्रतिद्वन्द्वी न्यौपानेले १२८ मत प्राप्त गर्नुभएको थियो ।
सङ्घको उपाध्यक्षमा खड्गबहादुर बस्नेत, महासचिवमा पुरुषोत्तम भट्टराई, सचिवमा नारायणबहादुर थापा र कोषाध्यक्ष पदमा कृष्णप्रसाद भट्टराई निर्विरोध निर्वाचित हुनुभएको छ । यस्तै सहकोषध्यक्षमा माधव खनाल र सदस्यमा गणेश सेढाईं, कृष्ण पोखरेल, गोपाल घिमिरे सर्वसम्मत निर्वाचित हुनुभएको छ । यसअघि अञ्चल शाखाको रूपमा रहेको सङ्घको जिल्ला कार्यसमितिका लागि पहिलोपटक अधिवेशन भएको थियो ।