कपिलवस्तुमा दादुराको महामारी ४ वालकको मृत्यु

634

कपिलवस्तुमा दादुराको महामारी ४ वालकको मृत्यु

measकृष्णप्रसाद ढकाल
कपिलवस्तु, ५ माघ । कपिलवस्तु सोमडिह गाविस वडा नंं ७ र ८ मा सरुवा रोग दादुराको महामारी फैलिदा ४ जना बालकको ज्यान गएको छ भने एउटा गाउका सवै विरामी परेका छन् ।
महामारीको संक्रमणबाट सोमडिह गाविस ८ ईटवा गाउका चन्द्रावती कोरीको २ वर्षको छोरा आकाश, स्थानिय छिमेकी रामगुलाम चौधरीको ३ वर्र्षीय छोरी सन्जु, सर्वजीत यादवको डेढवर्षकी छोरी रिका र प्रमीलाकी छोरी जानकीको ज्यान गएको छ ।
सरुवा रोगको महामारी गाउभरी नै फैलदा ४६ जना विरामी परेका छन् । जसमध्ये क्रमउल्लाहको ४ वर्षको छोरा अताउल्लाह र असमी मुसलमान, मुकेशको १२ महिनाको छोरी प्रिसा रैदास, करमुल्लाहको ५ वर्षे छोरा मोहसीम मुसलमान, करि मुलहको छोरा ६ वर्षको समीम मोहम्मद, अदहमको छोरा ७ वर्षको वसीम मुसलमान, असमुद्धिनको ५ वर्षको छोरा जावेद अलिको अवस्था गंभिर रहेको अस्पतालले जनाएको छ ।
गाउँमा ४५ दिने शिशुदेखि १७ वर्ष मुनिका सवै वालवालिकाहरु विरामी परेका छन् । विरामीहरुको शरिरभरी घमौरा जस्तो राताराता विमिराहरु देखिएको छ । सुरुमा रुघा खोकी, ज्वरो, आखा रातो हुने, नाकबाट सिगान वगिरहने, झाडा पखाला हुने, खाना नरुच्ने, दुव्लाउदै कुपोषण देखिने लक्षणहरु देखिएका छन् । जुन लक्षणहरु दादुरा रोगसंग मिल्ने गरेको महामारी प्रकोपको घटनास्थलमा विरामीको उपचारमा संलग्न सिनियर अहेव सुमेन्द्रराज जोशीले भन्नुभयो–‘अहिले दादुरा नै भनेर ठोकुवा नगरौ, तर धेरै लक्षणहरु मिल्छन तवपनि ततकालमा सरुवाको महामारी बुझौ ।’
बिरामीको रगत केन्द्रिय प्रयोगशालामा ल्याव टेष्ट गर्न पठाईएको छ । उक्त गाउवस्तीका स्थानियवासी सवैमा सरुवा रोगले विरामी भएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयले उक्त गाउमा स्वास्थ्य टोली पठाईसकेको जनस्वास्थ्य प्रशासक विष्णु जयसवालले जानकारी दिनुभयो ।
‘४ वच्चाको मुत्यु भएका छन् । महामारीबाट ईटवा गाउवस्तीको वडा नंं ७ र ८ का ४६ जना विरामी छन्, घटनास्थलमा स्वास्थ्य टोली पुगी उनीहरुको उपचार गरिरहेको छ ।’ जनस्वास्थ्य प्रशासक जयसवालले पुष्टि गर्नुभयो ।
कपिलवस्तु सदरमुकामदेखि दक्षिण १५ किलोमिटर भारतीय सिमा नजिक नेपालको उक्त गाउमा विपन्न दलित, मुस्लीम समुदायहरुको बाक्लो बस्ती छ । गाउनजिक तीन किलोमिटरको दुरीमा स्वास्थ्य चौकी समेत रहेको छ । तर स्थानियहरु स्वास्थ्य चौकी नगई सिमावर्ती भारतीय बजारका झोले वंगाली डाक्टरको भरमा पर्दा गाउमा संक्रमण फैलीएको कतिपयले बताउँछन । अहिले गाउलेले नेपाली स्वास्थ्यकर्मीसंग औषधी उपचार गराईरहेको स्थानिय राजेन्द्र कुमार मिश्रले बताउनु भयो ।
उक्त स्वास्थ्य चौकीमा केहिदिनदेखि अहेव थिएनन । महामारी फैलिएपछि जनस्वास्थ्य कार्यालयले सोमवारदेखि विजुवा स्वास्थ्य चौकीका ईन्चार्ज सिनियर अहेव सुमेन्द्रराज जोशीलाई सोमडिह स्वास्थ्य चौकीमा खटाएको छ । अहिले उनकै नेतृत्वमा विरामीहरुको उपचार एवं औषधी चलिरहेको छ ।
जनस्वास्थ्य कार्यालयले ५ जनाको स्वास्थ्य टोली घटनास्थलमा खटाएर स्वास्थ्य परिक्षण गर्दै औषधी दिएको छ । घटनास्थलमा सिनियर अहेवद्वय सुमेन्द्रराज जोशी र विरेन्द्र मिश्रा, अहेव अशोक विक, ल्याव असिस्टेन्ट श्रीधर खनाल, कोल्ड चेन्ज फणिन्द्रराज तिवारीलाई खटाएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
टोलीले विरामीहरुको जाच गर्दै तथ्याङक संकलन, विरामीको रगत, दिसा पिसाव, खकारको जाँच गरिरहेको छ । ८ जना विरामीहरुको रंगतको स्याम्पल टेस्ट मंगलवार नै केन्द्रिय प्रयोगशाला काठमाण्डौं पठाईसकेको प्रमुख जनस्वास्थ्य प्रशासक वसन्त अधिकारीले बताउनु भयो ।