कर प्रशासन करदाता मैत्री बन्न सकेन

1.3K

कर प्रशासन  करदाता मैत्री बन्न सकेन

taxबुटवल/ बुटवलका व्यवसायीहरुले नेपालको कर प्रशासन अझै करदाता मैत्री बन्न नसकेको बताएका छन ।कर सप्ताहका अवसरमा शुक्रवार बुटवल उद्योग बाणिज्य संघ र आन्तरिक राजश्व कार्यालय बुटवलको आयोजनामा भएको करदाता शिक्षा कार्यक्रमका सहभागि व्यवसायीहरुले करको दायरामा आएकाहरुलाई अत्यधिक कर लिने तर दायरा बाहिर रहेकालाई उन्मुक्ति दिने कर प्रशासनको कार्यबाट व्यवसायीमा कर तिर्नुपर्छ भन्ने भावना जागृत हुन नसकेको बताएका हुन ।उनीहरुले करको दर नभई दायरा बढाउने र कर तिर्नेलाई सम्मानित नागरीकको रुपमा हेर्ने बातावरण बनाउन पनि आग्रह गरे ।बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष महेशमान सिंहले तराईमा जारी आन्दोलनले व्यवसायमा नकारात्मक असर परेकाले कर तथा लेखा परिक्षण प्रतिबेदन बुझाउन थप समय आवश्यक हुने बताउनु भयो ।अधिवक्ता बाबुराम पाण्डेले परम्परागत कर असुल्ने परिपाटीलाई आधुनिकिकरण गर्नुपर्नेमा जोड दिदै कर कार्यालयमा नै अनलाइन भर्ने व्यवस्था गर्नुपर्ने, कर चुक्ताको प्रमाण पत्र समयमा दिनु पर्ने सुझाव दिनु भएको थियो ।कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष खिमबहादुर हमाल, महासचिव हरिप्रसाद अर्याल, व्यवसायीहरु अनिलकुमार चुके, लक्ष्मण ज्ञवाली, गोकुल नेपाल, लोकनाथ पाण्डे, मुक्ति अधिकारी, दीपक चापागाई, दिनेश घिमिरे, दिनेश श्रेष्ठ लगायतले न्युन बिल बिजकीकरण, घर वहाल कर, मुल्य अभिबृद्धि कर लगायतका सम्वन्धमा जिज्ञासा राख्नु भएको थियो ।कार्यक्रममा बोल्दै आन्तरीक राजश्व कार्यालय बुटवलका प्रमुख शरदचन्द्र पौडेलले कर प्रशासनमा सुधार ल्याउन र करदातालाई बिना झण्झट सुबिधा दिन कार्यालयले प्रयत्न गरिरहेको बताउनु भयो । उहाले करको दायरा बढाउन पनि बुटवल कार्यालयले बिशेष योजना बनाएको बताउनु भयो ।कार्यक्रममा कर अधिकृत बुद्धि बस्यालले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।