कला, संस्कृति जर्गेनामा भैरव नाच

853

कला, संस्कृति जर्गेनामा भैरव नाच

बुटवल, १६ भदौ । नेवा समाज अर्घाखाची रुपन्देहीले बुटवलमा ऐतिहासिक मौलिक भैरव नाच प्रदर्शन गराएको छ । आईतबार साँझ देवीनगर स्थित लुम्बिनी वाणिज्य क्याम्पस परिसरमा नेवार संस्कृतिको मौलिक भैरव नाच प्रदर्शन गरिएको हो ।
मौलिक भैरव नाच अवलोकन गर्न हजारौ दशकको भिड लागेको थियोे । मौलिक भैरव नाच अवलोकन गर्दै प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले नेपालको कला, संस्कृतिको जर्गेना गर्नमा यस्ता प्रदर्शनले महत्वपुर्ण योगदान पु¥याउने बताउनु भयो । नेवाः समाज अर्घाखाची रुपन्देहीका अध्यक्ष बाबुराम श्रेष्ठले प्रत्येक एक वर्षको अन्तरालमा जन्माष्टमीदेखि तिहारको औँशीसम्म यो नृत्य हुने गरेको बताउनु भयो । भैरव नाच अन्तरगत कालो, सेतो, रातो भैरव र डंकनीको भेषमा यसैगरि टाकुनडोली, भुच्चा, लाहुरेलाहुरेनी, घोडानाच, चरा नाच लगायतका नाच प्रदर्शन गरिएको थियो । नेपालको कला, संस्कृति र मुर्तिको विकासमा नेवार समुदायको योगदान रहेको सल्लाहकार देवी श्रेष्ठले बताउनु भयो ।
स्थानीय नेवार युवाहरुलाई समेटेर नाचको कलाकारहरु समेत उत्पादनमा समाज लागेको अध्यक्ष श्रेष्ठले बताउनु भयो । भैरव नाचको कारण प्राकृतिक प्रकोप नहुने, अनिष्ट नहुने विश्वास गरिन्छ । नेवार समुदायहरुले घण्टाकर्णदेखि चाड शुरु भएको मान्छन् । काठमाडौं, गुल्मी, अर्घाखाँची, पाल्पामा यो नृत्य देखाउने गरिएको सचिव दुर्गा श्रेष्ठले बताउनु भयो ।