कृषिका बिद्यार्थीलाई कृषक सहयोग कार्यक्रम

775

कृषिका बिद्यार्थीलाई कृषक सहयोग कार्यक्रम


बुटवल, ५ पुस । प्रदेश पाँचकी भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कृषि क्षेत्रमा पढ्दै गरेका र अध्यायन पुरा गर्ने अन्तीम तयारीमा रहेका विद्यार्थीलाई ‘भविश्यका कृषक सहयोग’ कार्यक्रम मार्फत सहयोग गर्ने भएको हो ।
पक्लिहवा कृषि क्याम्पसभैरहवमा आयोजना गरिएको अभिमुखिकरण कार्यक्रममा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले अव शिक्षित कृषि कर्मी निर्माण गरिने बताउनु भयो ।
मन्त्री पौडेलले शिक्षक जनशक्ति बेरोजार भएर बस्ने वातावरण अन्त्यको लागि यस्तो प्रकृतिको कार्यक्रम ल्याइएको जानकारी गराउनु भयो । उहाँका अनुसार पहिलो चरणमा प्रदेश पाँचका दुई वटाकृषि क्याम्पसमा अध्यायन गर्ने विद्यार्थीलाई सहयोग गरिने बताउनु भयो । कार्यक्रममा बोल्दै मन्त्री पौडेलले भन्नुभयो–‘विद्यार्थीमा शैद्धान्तिक ज्ञान मात्रै होईन, अव व्यवहारिक रुपमा पनि केही गरेर देखाउन आवश्यक छ, तपाईंहरु हिम्मत गर्नुहोस्,सरकार साथमा छ ।’

प्रदेश सरकारले कृषि को क्षेत्रमा विभिन्न कार्यक्रम ल्याएको जानकारी दिदै उहाँले नेपालमा नै पहिलो पटक करार कृषि खेती प्रदेश सरकारले सुरुवात गरेको र यसको अनुसरण अन्य प्रदेशहरुले समेत गर्न थालेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा बोल्दै भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव यमनारायण देवकोटाले विद्यार्थीलाई नै व्यवसायिक किसान बनाउने अभियानको थालनीसरकराले सुरुवात गरेको जनकारी दिदै विद्यार्थीको शैद्धान्तिक ज्ञान, सिप र धारणालाई व्यवहारमा लागू हुनु आफैमा राम्रो कार्य भएको औंल्याउनु भयो ।

यस्तै भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका उप सचिव, योजना तथा अनुगमन महाशा प्रमुख विनोद घिमिरेले यसरी विद्यार्थीले सिकेको सिपलाई व्यवहारमा लागू गर्दा अन्य किसानले समेत त्यसबाट सिक्ने मौका पाउने बताउनु भयो ।

कार्यक्रममा कृषि तथा पशु विज्ञान अध्यायन संस्थान, पक्लिहवा कृषि क्याम्पसका प्रमुख प्रा.डा. कन्हैयाप्रसाद सिंहले विद्यार्थीको लागि प्रदेश सरकाले ल्याएको कार्यक्रम आफैमा राम्रो भएको बताउनु भयो ।

कार्यक्रममा पक्लिहवा कृषि क्याम्पस भैरहवाका उप प्रध्यापक डा. पुष्पराज पौडेल, कृषिमा स्नातक किसान अजय चौधरी, राजेन्द्रजंग रायमाझी, क्याम्पसका उप प्राध्यापक शुबोध खनाल, कृषि विकास निर्देशनालय प्रमुख डा. शान्ती कार्की, पशुपक्षि तथा मत्स्य विकास निर्देशनालय डा. किशोर तिवारी, मन्त्रालय पशु विकास महशाखा प्रमुख डा. प्रदिप शर्मा पौडेल, पशु सेवा विज्ञ हस्पीटल प्रमुख डा. नन्दलाल शर्मा लगायतले भनाई राख्नुभएको थियो ।