चीनले व्यापारिक सम्झौता गर्नआयल निगमलाई बोलायो

669

चीनले व्यापारिक सम्झौता गर्नआयल निगमलाई  बोलायो

Nepal_chiana_511202453

काठमाडौं: चीन सरकारको स्वामित्व भएको पेट्रो चाइनाले व्यापारिक सम्झौता गर्न आउन नेपाल आयल निगमलाई सोमबार साँझ पत्राचार गरेको छ।पेट्रो चाइनाले साँझ ७ बजे निगमलाई इमेलमार्फत पत्राचार गर्दै व्यापारिक सम्झौता गर्न चाडोभन्दा चाँडो बेइजिङ आउन बोलाएको छ। सोमबार बिहानै  पेट्रो चाइनाले आन्तरिक तयारीका लागि थप केही समय मागेको थियो। लगत्तै अर्को पत्र पठाएर आन्तरिक तयारी सम्पन्‍न भएको भन्‍दै सम्झौताका लागि पेट्रो चाइनाले निगमलाई पत्र पठाएको हो।
पेट्रो चाइनाले सोमबार राति पत्र पठाएर सकेसम्‍म चाडै आउन आग्रह गरेको छ’ निगमका कार्यवाहक नायव प्रबन्ध निर्देशक सुशिल भट्टराईले अन्‍नपूर्णसँग भने,’ पेट्रो चाइनाले चीनको रिस्क कन्ट्रोल  डीपार्टमेन्टसँग छलफलको निष्कर्क्षका आधारमा द्विपक्षीय सम्झौता गर्न बोलाएको हो।’
निगमले इन्धन खरिद सम्झौताका लागि पेट्रो चाइनालाई नोभेम्बर १६ देखि १९ तारिखभित्रमा नेपाल आउन पत्राचार गरेको थियो। तर पेट्रो चाइनाले सम्झौताका लागि नेपाली पक्षलाई चीनमै आएन आग्रह गरेको छ।
भारतले गत असोज ६ गतेदेखि अघोषित रुपमा लगाएको नाकाबन्दीका कारण आवश्‍यक परिमाणमा इन्धन आपूर्ति हुन नसक्‍दा नेपाली जनजीवन कष्टकर बन्दै गएपछि वयिकल्‍पका रुपमा सरकारले चीनबाट औपचारिक रुपमा इन्धन ल्‍याउने पक्रिया अघि बढाइएको हो।
भट्टराईका अनुसार चीनले पत्र पठाएर आधिकारिक रुपमा सम्झौता गर्न बोलाएपछि निगमले दुई दिनभित्रमा वाणिज्‍य तथा आपूर्ति मन्त्रालयसँग छलफल गरेर आगामी पाँच दिनभित्रमा बेइजिङ गएर सम्‍झौता गर्ने आन्तरिक तयारी गरेको छ।
‘दुई दिनजति मन्त्रालयसँग  आवश्‍यक छलफल गर्न समय  लाग्छ। पाँच दिनभित्रमा चीन गएर सम्झौता गर्छौ’, भट्टराईले भने। सम्झौता गर्न पेट्रो चाइनाले पत्र पठाएर पनि इन्धन आपूरु्तिसम्ब्नधी विस्तृत प्रतिवेदन भने सोमबार पनि निगमलाई उपलब्ध गराएको छैन।
‘चिनियाँ पक्षले मूल्य सूची पठाएको भए हामी अग्रीम रुपमा सोहीको आधारमा नाफा घाटा जोडेर आवश्यक तयारी गरेर व्यापार सम्झौता गर्न सहज हुन्थ्यो’, भट्टराईले भने, ‘तर उताबाट कुनै प्रतिवेदन आउन सकेन।’
निगमले कात्तिक ११ गते बेइजिङ्गमा चाइना पेट्रोसँग इन्धन खरिद गर्ने बिषयमा दुई पक्षिय सम्झौता गरेको थियो। बेइजिङमा हस्ताक्षर भएको समझदारी पत्रमा नेपालको मागको ३३ प्रतिशतसम्म इन्धन चीनबाट ल्याउन सक्ने उल्लेख छ।
सहमति भएको करिब एक सातापछि पेट्रो चाइनाले नेपालसँग नेपालमा पेट्रोल,  डिजेल, हवाई इन्धनलगायतको माग र खपत, कुन नाकाबाट आपूर्ति गर्दा सहज हुन्छ, कति परिमाणमा खरिद गर्ने हो, ढुवानी कसरी गर्ने, आवश्यक भौतिक पूर्वाधारको अवस्था, ब्यालेन्स सिटलगायतका बिषयमा बिस्तृत जानकारी माग गरेको थियो।
सोही आधारमा निगमले सम्पूर्ण जानकारी पेट्रो चाइनालाई उपलब्ध गराएपनि उताबाट त्यस्ता बिषयमा कुनै पनि पत्र प्राप्त गरेको छैन्। यसवाहेक निगमले  इण्डियन आयल कर्पोरेशन(आईओसी)सँग खरिद गर्ने मूल्यमा नै इन्धन उपलब्ध गराइदिन पेट्रो चाइनालाई पत्राचार गरेको थियो।
अहिले चीनबाट आउने इन्धन आईओसीको मूल्यभन्दा केही महँगो हुने निगमको भनाई छ । यसका साथै प्रत्येक १५ तारिखमा इन्धनको परिमाण बराबर भुक्तानी गर्ने प्रस्ताव पनि गरेको छ।
निगमले आइओसीलाई समेत यही आधारमा भुक्तानी गर्दै आएको छ । त्यसैगरी निगमले चीनबाट आउने इन्धनमा कुनै पनि प्रकारको कर नलगाउन समेत आग्रह गरेको छ।
भारतले नेपाल आउने पेट्रोलियम पदार्थमा कुनै पनि प्रकारको कर असुल गर्दैन्। ‘यस्ता बिषयमा पनि आवश्यक जानकारी पठाएका थियौं’, भट्टराईले भने,‘तर उताबाट कुनै जवाफ आएन।
केरुङ्गको बाटो निक्कै साँघुरो र हिमपात परिरहने भएकाले सकभर तातोपानी नाकामार्फत पर्याप्त परिमाणमा इन्धन भित्रयाउन सकिन्छ भनेर सोही मार्गमार्फत उपलब्ध गराउन हामीले आग्रह गरेका छौं। तर त्यो बिषयमा पनि कुनै साकारात्मक जवाफ आएको छैंन्।
अब त्यही गएर ति सबै बिषयमा छलफल गरेर व्यापारिक सम्झौता टुंङ्गोमा पुरयाउछौं।’ निगमकाअनुसार अनुदान वापतको एक हजार मेट्रिक टनमध्ये तीन सय मेट्रिक टन आउन बाँकी छ।