टाटा कम्पनीको बहुप्रतिक्षित ‘एच फाईभ’ नेपाली बजारमा

1K

टाटा कम्पनीको बहुप्रतिक्षित ‘एच फाईभ’ नेपाली बजारमा

बुटवल, ३० भदौ । टाटा मोटर्सले उत्पादन गरेको ‘प्रिमियम एस युभी टाटा एचफाईभ’ नेपाली बजारमा बिक्रि शुरु गरेको छ । नेपालकालागि आधिकारिक बितरक सिप्रदी ट्रेडिङ् प्रालिले सफल अटो ईन्टरनेशनल मार्फत बुटवलमा उक्त गाडी लञ्चिङ् गरेको हो ।
उक्त गाडीको सोमबार साँझ बुटवलमा आयोजना गरिएको एक कार्यक्रममा सिप्रदीका प्यासेन्जर भेईकल युनिट प्रमुख सावनजंग सिंजापति, सफल अटोका अध्यक्ष भावध्वज ढुंगाना र एमडी दिनेश शर्माले संयुक्त रुपमा लञ्चिङ् गर्नुभएको हो ।
त्यस अवसरमा सिप्रदीका प्यासेन्जर भेईकल युनिट प्रमुख सावनजंग सिंजापतिले यसमा रहेको ईञ्जिनले १३८ बिएच पावर र ३५० एनएम टर्क जेनेरेट गर्ने, पुस बटन स्टार्ट स्टप, मल्टी फंसन स्टेरिङ, अटो क्लाईमेट कन्ट्रोल लगायतका बिशेषता रहेको जानकारी गराउनु भयो । यो गाडीको कही दिन अंगाडी मात्रै नेपाली बजारमा बुकिङ् खुल्ला गरिएको थियो ।
टाटा एचफाईभले नेपाली बजारमा आमुल परिवर्तन ल्याउने र आकर्षक बनावट र खराव बाटोमा पनि लग्जरियस र राम्रोसंग कन्ट्रोल गर्न सक्ने भएकाले मन पराउने सिप्रदीले बिस्वास गरेको छ । टाटा एचफाईभको नेपाली बजारमा ५६ लाख ५५ हजार शुरुवाती मुल्य तोकिएको कम्पनीले जनाएको छ । टाटा मोटर्स लिमिटेड कार, युटिलिटी गाडीहरु, बस, ट्रक र डिफेन्स गाडीहरु उत्पादन गर्ने विश्वकै अग्रणी अटोमोवाईल कम्पनी हो ।