डा. केसीको जिवन रक्षाको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन

591

डा. केसीको जिवन रक्षाको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन


बुटवल माघ । मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले भएका सम्झौता यथासिघ्र कार्यान्वन गरि सत्याग्रही डा. गोबिन्द केसीको जिवन रक्षा गर्न सरकारसंग माग गरेको छ ।
समाजले आज (बिहिबार) ईलाका प्रशासन कार्यालय बुटवल मार्फत प्रधानमन्त्री केपी ओलीलाई ज्ञापन पत्र पठाउँदै यस अंगाडी सरकारसंग भएका सहमति तथा सम्झौता कार्यान्वयन गरेर डा. केसीको जिवन रक्षामा तदारुत्ता देखाउन माग गरेको हो ।

सत्याग्रही डा. केसीले चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा सुधारको माग सहित अहिले सहित १६ औं पटक अनसन बस्नु भएको छ । १५ औं पटकको अनसनमा ओली नेतृत्वको सरकारले डा. केसीले उठाएका मागहरु स्वीकार गरि सहमति भई अनसन टुंङ्गिएको स्मरण गराउँदै सहमति विपरित हुनेगरी संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिबाट चिकित्सा शिक्षा विधेयक पारित गरिनु दुर्भाग्य रहेको भन्दै भएका सहमति कार्यान्वयनमा समाजले जोड दिएको हो ।

प्रधानमन्त्री ओलीलाई पठाएको ज्ञापनपत्रमा डा. केसीको विग्रदो स्वास्थ्य अवस्थाप्रति गम्भिर चिन्ता व्यक्त गर्दै डा. केसीले उठाएका मागमा गम्भिर हुन सरकारलाई आग्रह गरिएको छ । ‘डा. केसीको विग्रदो स्वास्थ्य अवस्थाप्रति मानव अधिकार तथा शान्ति समाज गम्भिर चिन्ता व्यक्त गर्दछ ।’ ज्ञापन पत्रमा उल्लेख गरिएको छ–‘सत्याग्रही डा. गोविन्द केसीसंग विगतमा भएका सहमतिहरु सिघ्र कार्यान्वयन गरि डा. केसीले थाल्नुभएको सत्याग्रहलाई उचित निकास दिन सम्माननीय प्रधानमन्त्री ज्यू समक्ष आग्रह गर्दछौं ।’

त्यस्तै वाईड वडी जहाज खरिद प्रकरणमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीले संसदीय समितिमा नै पटक पटक झुट बोलेको प्रमाणित भईसकेको अवस्थामा लोकतान्त्रिक मुल्य र संसदीय मर्यादाका खातिर मन्त्री अधिकारीलाई तत्काल मन्त्री पदबाट बरखास्त गर्न पनि मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले प्रधानमन्त्री समक्ष माग गरेको छ ।
ज्ञापन पत्र बुझाउँदै मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका सभापति धनपती खनालले डा. केसीसंग भएका सहमति अक्षरश कार्यान्वयन गरि एउटै विषयमा पटक पटक सत्याग्रह र आन्दोलन गरिरहनुपर्ने परिस्थितीको समेत अन्त्य गरिदिन माग गर्नुभयो ।

त्यस्तै समाजका केन्द्रीय बरिष्ठ उपाध्यक्ष गोबिन्द खनालले सरकार तथा माफियाहरुले सत्याग्रही डा. गोबिन्द केसीलाई मार्न चाहेको कारण सरकार आफैले गरेको सहमति विपरित हुनेगरी संसदको शिक्षा तथा स्वास्थ्य समितिबाट विधेयक पारित गरेको आरोप लगाउनु भयो । उहाँले एउटा सत्याग्रहरीलाई मार्दैमा आन्दोलन नमर्ने समेत सरकारलाई चेतावनी दिनुभयो ।

त्यस्तै पत्रकार महासंघ रुपन्देहीकी उपाध्यक्ष निरु गौतमले सत्याग्रही डा. केसीले उठान गरेका मागहरु आम नागरिकका माग भएको र सरकारले पटक पटक सहमति सम्झौता गरे पनि कार्यान्वयनमा हेलचेक्रयाई गर्नु दुर्भाग्य भएको बताउनु भयो । ज्ञापन पत्र बुझ्नै ईलाका प्रशासन कार्यालय बुटवलका प्रमुख बिष्णु ज्ञवालीले उक्त ज्ञापन पत्र तत्कालै प्रधानमन्त्री कार्यालयमा पु¥याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रमको सञ्चालन समाजका सविच अर्जुन ज्ञवालीले गर्नुभएको थियो ।