डेंगु परिक्षणको शुल्क एक हजार भन्दा बढी नलिन ल्यावहरुलाई मेलानको आग्रह

576

डेंगु परिक्षणको शुल्क एक हजार भन्दा बढी नलिन ल्यावहरुलाई मेलानको आग्रह

बुटवल, २७ भदौ । मेडिकल ल्याबोरेटरी एशोसियशन अफ नेपाल (मेलान) रुपन्देहीले डेंगु परिक्षणमा लाग्ने शुल्कमा एकरुपता कायम गर्न ल्यावहरुलाई आग्रह गरेको छ । अहिले डेंगुको प्रकोप बढीरहेको समयमा कतिपय अस्पताल तथा प्रयोगशालाहरुले डेंगु परिक्षणको शुल्क तोकिएको भन्दा फरक फरक लिएको जनगुनासो आएको उल्लेख गर्दै मेलानले एकरुपता कायम गर्न आग्रह गरेको हो ।
मेलान रुपन्देहीका अध्यक्ष नारायण पौडेलले शुक्रबार एक प्रेस विज्ञप्ती जारी गरि जिल्लाका सम्पूर्ण प्रयोगशालाहरुलाई मेलान रुपन्देहीले निर्धारण गरेको संस्थागत शुल्क भन्दा बढी नलिन आग्रह गर्नुभएको हो ।
मेलान रुपन्देहीले डेंगु परिक्षण गरेको शुल्क १ हजार रुपैंया कायम गरेको छ । उक्त विज्ञप्तीमा संस्थाले निर्धारण गरे भन्दा बढी शुल्क लिएको पाईएमा कडा भन्दा कडा कारवाही गर्ने समेत उल्लेख गरिएको छ ।