तिमि नै तिमि छौ’को अडियो सार्वजनिक

670

तिमि नै तिमि छौ’को अडियो सार्वजनिक

lफुलु सुनार
बुटवल। चर्चित नृत्य निर्देशक शिब बिक गीत ‘तिमि नै तिमि छौ’को अडियो सार्वजनिक भएको छ। शिब बिक भन्न साथ हामिले सफल निर्देशक संगै अभिनय समेत सक्रिय भनेर चिन्ने गर्छौ तर पछिल्लो समयमा उनको परिचय थप भएको छ गायनको हिसाबले गायक बि क को यो दोस्रो गीत हो ।गितमा चर्चित गायिका संजिवनि ले साथ दिएकि छिन। उनले ‘पिरतिको डोरी’ बोलको गीत रेकर्ड गरेर संगीतको क्षेत्रमा प्रवेश गरेका थिए । शिब ले गीतबाट निकै आश गरेको बताउँछन् । यो गीतमा खासगरि युवापुस्ताको प्रेम दर्शाउन खोजिएको छ । छन् । गीतमा शब्द संगीत पनि शिब स्वयमको रहेको छ । रमेश सेन्चुरि यसका एरेन्जर हुन् । अरु भन्दा बेगल र उदाहरण काम गर्ने काम जो कसैले पनि सक्दैनन् । तर नेपाली लोक दोहोरी क्षेत्रमा यस्ता व्यक्ति छन् , जसले लोक दोहोरीमाछुट्टै प्रयोग गरी आफुलाई स्थापित गराएका छन् । विकले पहिलो पटक सिनेमाका हस्तिहरुलाई लोक दोहोरीमा अभिनय गराएका छन् । सुपरस्टार भुवन केसीलाई पहिलो पटक नेपाली लोक दोहोरीमा अभिनय गराए । त्यस्तै शिब श्रेष्ठ देखि लिएर निरुता सिंह,धिरन शाक्य, संगै राजेश हमाल लाई समेत नेपाली लोक दोहोरीमा पहिलो पटक अभिनय गराएका हुन् ।त्यति मात्र नभएर वलिउड कलाकार कृष्णालाई लिएर पनि लोक दोहोरी गितको निर्माण गरेका छन् । आफ्नो १७ बर्षे लामो सांगेतिक यात्राको दौरानमा करिब पैतिस सय भिडियो निर्देशन गरिसकेका छन् ।उदाहरणीय काम गरेर चर्चा प्राप्त गर्नुको मज्जा नै बेग्लै हुने बताएउछन। त्यस्ता उदाहरण व्यक्तिहरुको भिडमा शिब बिक लोक दोहोरी क्षेत्रको एउटा नमुना निर्देशक बनेका छन् ।