तिलोत्तमा बाणिज्य संघले सदस्यता पायो

1.1K

तिलोत्तमा बाणिज्य संघले  सदस्यता पायो

tilotama-chamber-of-commerce-and-industry-logo

असोज ,बुटवल / नेपाल उद्योग बाणिज्य महासंघले तिलोत्तमा उद्योग बाणिज्य संघलाई सदस्यता प्रदान गरेको छ । महासंघको हिजो शुक्रवार बसेको बैठकले तिलोत्तमा उद्योग बाणिज्य संघलाई सदस्यता प्रदान गर्ने निणर्य गरेको हो । गत बर्ष तिलोत्तमा नगरपालिका घोषणा भएसंगै स्थापना भएको संघले यस क्षेत्रमा सक्रियता पुर्वक आर्थिक तथा सामाजिक क्रियाकलाप गर्दै आएको छ । संघका गतिबिधिहरु र छिमेकी उद्योग बाणिज्य संघहरुको शिफारिसमा तिलोत्तमा उद्योग बाणिज्य संघलाई सदस्यता दिइएको महासंघका अध्यक्ष पशुपति मुरारकाले बताए ।महासंघले सदस्यता प्रदान गरेकोमा धन्यवाद ज्ञापन गर्दै संघका अध्यक्ष गुणनिधि भण्डारीले संघको दायित्व र जिम्मेवारी अव बढेकाले महासंघलाई बिश्वासमा लिएर व्यवसायीक तथा सामाजिक कार्यमा लाग्ने बताए। संघले आउदो मंसिर महिनामा तिलोत्तमा नगरपालिकाको कार्यालय अगाडी शंकरपुरमा औद्योगिक व्यापार तथा कृषि एवं पर्यटन महोत्सव आयोजना गर्ने निणर्य यस अघि नै गरेको छ । मेला तथा महोत्सवको संरक्षकमा नेपाल उद्योग वाणिज्य महासंघ रहने छ ।

तिलोत्तमा उद्योग बाणिज्य संघले महासंघको सदस्यता प्राप्त गरेपछी रुपन्देही जिल्लामा बुटवल उद्योग वाणिज्य संघ, सिद्धार्थनगर उद्योग वाणिजय संघ सहित सदस्यता पाएका ३ वटा उद्योग बाणिज्य संघ भएका छन । अन्य नगरपालिकामा स्थापित देवदह, सैनामैना र लुम्विनी आर्दश उद्योग बाणिज्य संघहरुले पनि महासंघको सदस्यता लिने बताएका छन