दीपमा विद्यार्थीलाई सम्मान

634

दीपमा विद्यार्थीलाई सम्मान

Deep photo
बुटवल, असार । बुटवल–१० सुख्खानगर स्थित दीप बोर्डिङ उच्च माधयमिक विद्यालयले सोमबार एस. एल .सी. उत्तीर्ण विद्यार्थीहरुलाइ बधाइ तथा शुभकामना कार्यक्रम गरेको छ । विद्यालयका अध्यक्ष राजेन्द्र प्रसाद ध्वजुको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयबाट उत्तीर्ण भएका १८० जना विद्यार्थी र उनीहरुका अभिभावकहरुलाइ सम्मान गरिएको हो ।
कार्यक्रममा विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले आफ्नो रुचि र क्षमता अनुसारको विषय छनौट गर्न आग्रह गर्दै विद्यार्थी विषय छनौटले मात्र भन्दा पनि मेहनतले सफल हुने बताउनुभयो ।
विद्यालयका उप प्राचार्य कलाधर अर्यालको स्वागत मन्तव्य तथा शिक्षक पुरुषोत्तम पाण्डेको सञ्चालनमा भएको कार्यक्रममा उपप्राचार्य सुरेन्द्र कुमार शाक्य, व्यवस्थापन संकाय संयोजक डि.बि. रायमाझी, अभिभावक बासुदेव भट्टराइ, विद्यार्थीहरु अभिषेक भट्टराइ, रिदिका रिजालले बोल्दै विद्यार्थीहरुलाई समयमै विषय छनौटमा संवेदनशिल हुन आग्रह गर्नुभयो ।
२०७२ सालको एस. एल.सी. मा दीपबाट १३ जना ए प्लसमा, ४५ जना एमा, ६५ जना बि प्लसमा, ५२ जना बिमा र ५ जना सि प्लस ग्रेडमा उत्तीर्ण भएको विद्यालयले जनाएको छ ।