दुर्गमको स्वास्थ्य सेवा सुधार गर्न आग्रह

318

दुर्गमको स्वास्थ्य सेवा सुधार गर्न आग्रह

logoबुटवल, २६ चैत । नेपाल स्वास्थ्य कर्मी संघ रुपन्देहीले रुपन्देहीको क्षेत्र नं. ६ मा क्षेत्रीय भेला गरेको छ । शुक्रबार मर्चवारको मझगावामा गरिएको क्षेत्रीय भेलामा सहभागि स्वास्थ्यर्कीहरुले मुलुका अन्य क्षेत्रका भन्दा त्यस क्षेत्रका स्वास्थ्यकर्मी मारमा परेको गुनासो गरेका थिए । सो क्षेत्रलाई सरकारले हेर्ने दृष्टिकोण र उपलब्ध हुने सेवा सुबिधा सिमित हुने हुँदा आफूहरुलाई काम गर्न निकै समस्या भएको बताएका थिए ।
त्यस्तै सो क्षेत्रमा कृयाशिल महिला स्वास्थ्य स्वयम सेविकाहरुले पनि सेवामा पनि समस्या रहेको गुनासो गरेका थिए । उनीहरुले अलि दुर्गम क्षेत्रलाई सरकारले हेर्ने दृष्टिकोण बदलनु पर्ने माग गर्दै दुर्गमको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनकालागि बिशेष कार्यक्रम सञ्चालन गर्न माग गरे ।
संघका क्षेत्रीय संयोजक बसन्त चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं. ६ का क्षेत्रीय सभापति मुकेश यादव, संघका केन्द्रीय सदस्यहरु मोती पौडेल, केदारनाथ शाह, रुपन्देहीका जिल्ला अध्यक्ष विश्वबन्दु विनयी, सचिव रामप्रसाद ढकाल, अफिन नेपालका लुम्बिनी अञ्चल महासचिव मुक्तिराज पौडेल, संघका सहसचिव मुल्फीप्रसाद माझी, बिनोद बरही, चन्द्रा विश्वकर्मालगायतले धारणा राख्नुभएको थियो । संघले अहिले स्वास्थ्यकर्मीका समस्याका सवाल उठान गर्न जिल्लाका सबै क्षेत्रमा भेला सञ्चालन गर्दै आएको छ ।