दोस्रो जनज्योतीकपको तयारी पुरा

1.1K

दोस्रो जनज्योतीकपको तयारी पुरा

बुटवल, ५ पुस । दोस्रो जनज्योतीकप नकआउट फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । जनज्योती क्लबको आयोजनामा तिलोत्तमा नगरपालिका वडा नं. ४ स्थित डिङ्गरनगरको जनज्योती खेलमैदानमा हुने प्रतियोगिताको खेलमैदान, टिम तयारी सबै पुरा भएको हो ।

प्रतियोगिताको पूर्वसन्ध्यामा आज (विहिवार) मोटरसाईकल सहितको जनचेतनामुलक युवाहरुको प्रचार ¥याली निकालिएको छ । डिङ्गरनगर खेलमैदानबाट शुरु भएको मोटरसाईकल ¥यालीनगर परिक्रममा गरेको छ ।

प्रतियोगिताको उपाधिविजेताले नगद १ लाख २५ हजार ५ सय ५५, कप, मेडल , प्रमाणपत्र तथा उपविजेताले नगद ६५ हजार ५ सय ५५, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने क्लबका अध्यक्ष मित्रलाल न्यौपानेले बताउनु भयो ।

यसैगरि प्रतियोगितामा म्यान अफदी म्याच, वेष्ट प्लेयर, हाई स्कोरर, बेष्ट गोलकिपर, वेष्ट डिफेन्डरलाई समेत नगद, कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । सेमीफाईनल पुग्ने दुई टिमलाई नगद १५ हजारका दरले पुरस्कृत गरिनेछ ।

जिल्लामा रहेका विभिन्न १६ टिमले उपाधिका लागि प्रतिस्प्रर्धा गर्ने खेल संयोजक जहरसिह रानाले बताउनु भयो । उद्घाटन खेलमा देशभक्त युवाक्लब मगरमुडा नवलपरासी र सेभेन स्टार युवाक्लब बेलभरिया बिचमा खेल हुने छ ।