नेपालको संविधानमा आपत्ति र असन्तुष्टी छैन -भारतीय गृहमन्त्री

775

नेपालको संविधानमा आपत्ति र असन्तुष्टी छैन -भारतीय गृहमन्त्री

bharat

काठमाडौ, असोज /भारतीय गृहमन्त्री राजनाथ सिंहले नेपालमा नेपालमा नाकाबन्दी लगाउने भन्ने कुरा आफूहरुले सोच्न पनि नसक्ने स्पष्ट पारेका छन्।गृहमन्त्रीको सरकारी निवासमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भारत सरकार, जनता कुनै पनि बहानामा नेपालमाथि नाकाबन्दी लगाउने कुरा सोच्न नसक्ने बताएका हुन्।‘हामी त नेपालको विकासमा सहयोग गर्न चाहन्छौ। नाकाबन्दी भन्ने शब्दको उच्चारण नै नगर्नुस्, भारतले यस्तो कुरा सोच्न पनि सक्दैन र कहिल्यै गर्दा पनि गर्दैन। यो कल्पना भन्दा बाहिरको कुरा हो, यस्तो कुरा गरेर सम्बन्धमा चिसोपन ल्याउने कुरा कसैले पनि नगरौं,’ उनले भने, ‘भारतले नाकाबन्दी नलगाउँछ , नलगाएको छ यो कल्पनै नगर्नू। म सबैलाई भन्न चाहन्छु, अघोषित नाकाबन्दी लगाएको कुरा गरेर सम्बन्ध चिस्याउने काम कसैले नगर्नुहोस्।’उनले नेपाललाई दुःख सुखमा साथ दिदै आएको भन्दै भविष्यमा पनि दिँदै जाने स्पष्ट पारे।गृहमन्त्री सिंहले अहिले आपूर्ति ब्यवस्था आएको असहजता प्रति हामी सजग रहेको बताए। ‘नेपालकै आन्तरिक कारणले यो अवस्था सृजना भएको हो। त्यसलाई सकेसम्म हाम्रो तर्फबाट छिटो भन्दा छिटो समस्या समाधान गर्नको लागि हामी पहल गरिरहेका छौ। नेपालीलाई हामी कुनै पनि अभाव नहोस भन्नेमा सचेत छौ। नेपालीलाई दुःख हुँदा सबैभन्दा बढी चिन्तित हामी हुन्छौ यसमा हाम्रो सरकार सजग छ।’गृहमन्त्री सिंहले नेपाललाई भूकम्पको बेला सबैभन्दा छिटो सहयोग गर्ने भारत भएको उल्लेख गर्दै नेपाली जनताले दुःख पाउन नहुने स्पष्ट पारे।गृहमन्त्री सिंहले नेपालमा बनेको नयाँ संविधानमा आफूहरुको कुनै पनि किसिमको आपत्ति र असन्तुष्टी नभएको स्पष्ट पार्दै संविधानसभाबाट सहमतिमा छिटोभन्दा छिटो नेपालमा संविधान बन्नु पर्थ्यो भन्ने सुरू देखिकै आफूहरूको बटमलाईन रहँदै आएको स्मरण गराए।उनले भने– नेपालमा जारी भएको संविधानमा हामीले असहमति राख्नु पर्ने अवस्था छैन तर संविधानमा सबैको अपनत्व होस र सहमतिका साथ संविधान जारी होस भन्ने हाम्रो दृष्टिकोण मात्र थियो। संविधान जारी भएपछि मधेसी, थारु, जनजाति असन्तुष्टी ब्यक्त गरिरहेको अवस्थामा उनीहरुको भावना संविधानमा समेटियोस भन्ने हाम्रो चाहना हो। कस्तो संविधान बनाउने भन्ने नेपालका राजनीतिक दलले तय गर्ने विषय हो। हामीले त सुझाव दिने मात्रै हो।