पत्रकार सञ्जुको ‘धेरैचोटी ’ हेर्नुस भिडियो

689

पत्रकार सञ्जुको ‘धेरैचोटी ’ हेर्नुस भिडियो

https://www.youtube.com/watch?v=YHt_cveIU0w&feature=youtu.be&t=66

बुटवल २६ । बुटवलमा क्रियाशिल पत्र सञ्जु पौडेल सांगीतिक क्षेत्रमा समेत प्रवेश गरेकी छन् । लामो समयदेखि यस क्षेत्रका धेरै स्टेज कार्यक्रम , पत्र पत्रीका , रेडियो कार्यक्रम तथा टेलिभिजन मार्फत व्यावसायिक पत्रकारिता र उद्घोषण गर्दै आएकी सञ्जु पौडेल नयाँ बर्षको प्रवेशसँगै साँगीतिक पाहुर लिएर श्रोता तथा दर्शकमाझ आएकी छन् ।
जीवन र प्रेमका भोगाइलाई समेटेर गाइएको आधुनिक लयको लोक पप एल्बम ‘धेरैचोटी’ मा उनको एकल स्वर मात्र भने छैन गीतमा उनलाई सन्तोष र सनम पौडेलले साथ दिएका छन् ।
म्युजिक भिडियो समेत सँगै सार्वजनिक भएको गीतमा सन्तोष र सनमले मोडलिङ्ग गरेका छन् भने सञ्जुलाई पनि भिडियोमा देख्न सकिन्छ । गायन आफ्नो रुचीको बिषय भएको र घरमा सानै देखी भजनहरु गाउने गरेको बताउने सञ्जुले आफु दर्शक र श्रोताको मायामा बाँच्ने हुनाले गायनलाई अगाडी बढाउने जिम्मा पनि श्रोता तथा दर्शकमै जाने बताउछिन् ।
गायनमा लागेर पत्रकारितालाई पछाडी राख्ने सोंच भने उनको छैन । उनी भन्छिन् –उद्घोषण र पत्रकारितालाई छाड्ने कुरै आउँदैन जसले मलाई यहाँ सम्म ल्याएको छ ।
पौडेल बुटवलबाट प्रकाशित हुने सबल नेपाल साप्ताहिकको सम्पादकको रुपमा तथा बुद्ध टेलिभिजनमा समाचार शाखामा कार्यरत छिन् । उनी नेपाल पत्रकार महासंघ रुपन्देही शाखाको कार्यकारी सदस्य समेत हुन् ।
भिडियो