पानीबाट चल्ने मोटसाइकल बन्यो, १ लिटर पानीले दिन्छ ५०० को माइलेज

919

पानीबाट चल्ने मोटसाइकल बन्यो, १ लिटर पानीले दिन्छ ५०० को माइलेज
pani wala bike
एजेन्सी,बिश्वमा दिनानुदिन  पेट्रोलियम पदार्थको मुल्यवृद्घि आकाशीदै गइरहेको छ । नेपालमा त झन भारतको अघोषित नाकावन्दीका कारण इन्धन समस्याले जनताको दैनिक जनजीवन नै अस्तव्यस्त भइरहेको छ । कहिलेकाँही इन्धनको समस्याले.गर्दा हामिले जिस्केर भन्ने गरेका थियौ । यो मोटरसाइकल पानीबाट चलेपनि हुन्थो ।
इन्धन नपाएको तनावमा हामिले देखेको यस्तो सपनालाई एक जनाले विपना बनाइदिएइका छन । भर्खरै ब्राजीलको साओ पोलो मा बस्ने रिकार्डो एजवेडोइसले पानीबाट चल्ने मोटरसाइकल निर्माण गरेका छन् ।उनले निर्माण गरेको मोटरसाइकलमा १ लिटर पानीले ५०० किलोमिटर चल्दछ ।  उक्त मोटरसाइकलको भिडियो समेत उनले यूट्युवमा अपलोड गरेका छन् ।
 ‘टी पावर एचटुवो’ नाम दिएको उक्त मोटरसाइकलमा पानी हाले पछि व्याट्रीको माध्यमबाट पानी हाइड्रोजन बन्दछ र सोही हाइड्रोजनले बाइकको इन्जीन चल्दछ । रिकार्डोले आफ्नो यो मोटरसाइकलको टेस्टिङको तयारि गरिरहेका छन् । यदि उनको यो प्रयोग सफल भयो भने दुइ पांगे्र सवारी साधनमा क्रान्तिकारी परिवर्तन हुने निश्चीत छ ।