प्याथ ल्यावको शाखा भैरहवामा

2.2K

प्याथ ल्यावको शाखा भैरहवामा

national-pathlabबुटवल, असोज । बुटवलमा सञ्चालित नेशनल प्याथ ल्यावले रुपन्देही सदरमुकाम भैरहवामा आफ्नो शाखा बिस्तार गरेको छ ।

सो क्षेत्रको आवश्यकता र बिरामीको माग अनुसार बुटवलमा प्रदान गरिने सम्पूर्ण सेवा सहित भैरहवाको गल्लामण्डीमा शाखा बिस्तार गरिएको ल्यावका सञ्चालक शरद भुसालले जानकारी दिनुभयो ।

शाखा बिस्तारको पहिलो दिन सुगर र किड्नी परिक्षण निशुल्क गरिएको पनि उहाँले जानकारी दिनुभयो । शाखा उद्घाटनको दिनमात्रै २ सय ५० भन्दा बढी बिरामीले सेवा लिएका थिए । त्यस्तै शाखा बिस्तारको अवसरमा असोज र कात्तिक महिना भरी होलबडी चेकअपमा २० प्रतिसत छुटको ब्यबस्था मिलाईएको पनि सञ्चालक भुसालले जानकारी दिनुभयो ।

बुटवल अस्पताल लाईनमा रहेको नेशनल प्याथ ल्यावले किड्नी, मुटु, थायरोईड, लिभर, बायोप्सी, हर्मोनहरु, प्रसुती लगायतका सम्पूण परिक्षणको सेवा प्रदान गर्दै आएको छ ।