खेमानन्द पाठक
बुटवल, १६ असोज । प्रतिभाको खोजी गर्ने नाममा ठगी गर्दै आएको गोल्डेन स्टार मल्टी मिडियाले ठगीको अर्को योजना बनाएर बिभिन्न स्थानमा हिड्न शुरु गरेको छ । तीन वर्षदेखि निरन्तर रुपमा गोल्डेन आईडल सञ्चालन गर्दै आएको सो संस्थाले पछिल्लो पटक गोल्डेन आईडल सिजन ३ यहि असोजको ६ गतेदेखि शुरु गरिएको संस्थाका प्रवन्ध निर्देशक शरण गुरुङ्गले बताउनु भयो ।
सो संस्थाले प्रतिभाको खोजी गर्ने नाममा पैसाको बार्गेनिङ् गरेर जसले बढी पैसा बुझाउन सक्छ उसैलाई वीनर बनाउने अघिल्ला वर्ष सञ्चालन भएका कार्यक्रमका पिडितहरु । अघिल्लो वर्ष आफ्नी छोरी आयुस्माले प्रतिस्पर्धा गरेपछि उनको बिद्यालयको टिम तथा उनको अभिभावक बुवा भिष्मराज अर्यालले सो वेला जसले बढी दिन्छ उसैलाई वीनर बनाउने बताउनु भयो ।
त्यसपछि कार्यक्रममा आफ्नो प्रस्तुती राखेर बाहिरिनु भयो । ‘अन्ततः परिणाम पनि उस्ता आयो ।’ उहाँले बताउनु भयो । त्यस्तै पाल्पाकी रिया शाही लगायतका धेरै वाल कलाकारहरु सहभागि थिए । कला प्रस्तुती गरेर आफ्नो सहि मुल्याङ्कन होस भन्ने धेरैको चाहना हुन्छ । तर यस्ता प्रतियोगिता आयोजकले पैसाको वार्गेनिङ् गरेर वीनर घोषणा गर्दा कलाकारिताको बाटो कता जाँदैछ भन्ने प्रश्न खडा भएको अर्याल बताउनु हुन्छ ।
प्रतियोगिता जारी रहेकै बेला सो प्रतियोगिता ठगि गर्ने धन्दा भएको पाल्पाबाट प्रकाशन हुने एक पत्रिकाले पनि लेखेको थियो । बुटवलबाट पनि अंघिल्लो वर्ष ८÷१० जना कलाकारहरु सहभागि थिए । सो कार्यक्रमबाट सबैजसो कलाकारहरु रुष्ट छन । एनटिभि प्लसबाट प्रशारण हुनेगरि सो प्रतियोगिताकालागि पोखराको गोल्डेन स्टार मल्टिमिडियाले पोखरा सहित रुपन्देहीको बुटवल, फर्साटिकर, नवलपरासीको कावासोती, वर्दघाट, जितपुर कपिलबस्तुलाई यस क्षेत्रको छनौट स्थान तय गरेको छ ।
यो प्रतियोगितामा प्रथम हुनेलाई १ लाख, द्वितीय हुनेलाई ५० हजार र तृतीय हुनेलाई २५ हजार रुपैंया पुरस्कार प्रदान गरिने बताईएको छ ।
अंघिल्लो प्रतिस्पर्धामा कार्यक्रम सञ्चालन गरेको पोखराका एक सञ्चारकर्मी मन क्षेत्रीले यो कार्यक्रम ठगि गर्ने धन्दा भएको प्रतिक्रिया दिनुभयो ।
उहाँले अंघिल्लो सिजन १ मा सो कार्यक्रमको सञ्चालन गर्ने जिम्मेवारी पाउनु भएको थियो । २÷३ वटा कार्यक्रममै खराव कर्तुत थाहा पाएर आफू कार्यक्रमबाट बाहिरिएको उहाँले बताउनु भयो । उहाँका अनुसार पनि यो कार्यक्रमको आयोजकले प्रतियोगितामा उत्कृष्टलाई पुरस्कारको व्यबस्था गर्ने र जसले बढी पैसा दिन्छ उसैलाई वीनर बनाउने गरिन्छ ।
यस बिषयमा सो संस्थाका प्रवन्ध निर्देशक शरण गुरुङ्गले स्वच्छ प्रतिस्पर्धाबाट नै काम गरिने दावी गर्नुभयो ।