बजारमा माल छैन, निर्माणको काम ठप्प

882

बजारमा माल छैन, निर्माणको काम ठप्प

लक्षमण राना

लामो समयको बन्द हड्तालका कारण आम नागरिक त मर्कामा परेका छन नै ठूलो लगानी गरेर उद्योग व्यापार व्यबसाय गर्ने उद्योगी व्यबसायी पनि ठूलो मारमा परेका छन ।
413888_DSC00755_JPG927c591cd1d4dace181dee3c735cf5d5बुटवल । मधेशी मोर्चाको बन्दका कारण रुपन्देहीमा निर्माणको काम ठप्प भएको छ ।
मधेशी मोर्चाले लामो समयदेखि तराईमा बन्द हड्ताल कायम राख्दा निर्माण सामाग्रिको अभावमा निर्माणको काम ठप्प भएको लुम्बिनी निर्माण व्यबसायी संघका अध्यक्ष जवीन कक्षपतीले जानकारी दिनुभयो ।
त्यसो त अघोषित रुपमा भारतले गरेको नाकाबन्दीको प्रत्यक्ष प्रभाव रुपन्देहीमा परेको छ । अघोषित नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको अभाव सिर्जना भएको छ ।
भारतले नेपाल माथी गरेको अघोषित नाकाबन्दीका कारण भारतबाट आयात हुने अत्यावश्यक पेट्रोलियम पदार्थको अभावमा ढुवानी ठप्प हुँदा निर्माण सहितका काम अवरुद्ध बनेको लुम्बिनी निर्माण व्यबसायी संघका अध्यक्ष कक्षपतिले बताउनु भयो ।
निर्माणको काममा प्रयोग हुने सिमेन्ट, छड तथा ईटा लगाएतका निर्माण सामाग्रिको अहिले रुपन्देहीमा अभाव देखिएको छ । यदाकदा भएपनि कालोबजारीमा बिक्रि वितरण भएको पनि उहाँले बताउनु भयो ।
लामो समयदेखिको बन्दका कारण नेपाली उद्योगहरु पनि प्राय ठप्प छन । अधिकांश उद्योग धन्दा तराई क्षेत्रमा सञ्चालित भएको र उद्योगहरु ठप्पा हुँदा स्टकको माल सकिएको छ भने पनि एकाद भएको स्टक पनि ढुवानीका कारण बजारमा पु¥याउन नसकिएको उद्योगीहरु बताउँछन ।
मधेशी मोर्चाको आन्दोलनका कारण ५२ देखि देखि तराई क्षेत्रमा बन्द छ । त्यसयता ढुवानी बन्द भएको र स्टकको माल सकिएपछि एक महिना देखि निर्माण सामाग्रि बजारमा सकिएको रुपन्देही हार्डवेयर व्यबसायी संघका अध्यक्ष सुनिल मरासिनीले बताउनु भयो ।
लामो समयको बन्द हड्तालका कारण आम नागरिक त मर्कामा परेका छन नै ठूलो लगानी गरेर उद्योग व्यापार व्यबसाय गर्ने उद्योगी व्यबसायी पनि ठूलो मारमा परेका छन । झण्डै दुई महिनादेखिको बन्द हड्तालका कारण व्यबसायीहरुले बैंकको ब्याज सम्म तिर्न नसक्ने अवस्थामा पुगेको अध्यक्ष मरासिनी बताउनु हुन्छ ।
भारतको अघोषित नाकाबन्दी र मधेशी मोर्चाले गरेको बन्दका कारण मुलुकको अर्थतन्त्र त बिग्रिएको छ नै उद्योग धन्दा, व्यापार व्यबसाय सञ्चालन गर्नेहरुको अवस्था पनि नाजुक बन्दै गएको उहाँको भनाई छ ।
बन्द हड्तालका कारण बजारमा अत्यावश्यकीय सामाग्रिको पनि अभाव सिर्जना भएको छ । बजारमा स्टकमा रहेका सामानमा व्यबसायीहरुले कालोबजारीमा व्यापार गरिरहेका छन् । यसले आम नागरिकलाई प्रत्यक्ष मार खेप्नु परेको बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष महेशमान सिंहले बताउनु भयो । सरकारले पेट्रोलियमको व्यबस्थापन गर्ने र नेपाल भित्रको आन्तरिक बन्द हड्ताललाई व्यबस्थापन गर्दै पेट्रोलियम पदार्थको बैकल्पिक व्यबस्था गर्ने हो भने सर्वसाधारणले राहतको महशुस गर्न सक्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
‘आम नेपाली दशैंको मुखमा छन, बजार सुनसान छ, बजारमा अत्यावश्यकीय बस्तुको अभाव छ ।’ उहाँले भन्नुभयो–‘निर्माण क्षेत्रको काम सेकेन्डरी कुरा हो, आम नेपालीको अत्यावश्यकीय कुरालाई सरकारले प्राथमिकताका साथ व्यबस्थापन गर्नु पर्छ ।’