बिहे गर्न नमानेपछि हत्या

673

बिहे गर्न नमानेपछि  हत्या

logo

बागलुङ, असोज /बागलुङ जिल्लाको हुग्दीशिर ६ भाटीमा शव भेटिएकी तारा श्रीशलार्य स्थानीय एक युवकले हत्या गरेको खुलेको छ ।

हत्या आरोपमा पक्राउ परेका इन्द्रबहादुर पुनलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । इन्द्रले बिहे प्र स्ताव अस्व्किार गरेकाले ताराको हत्या गरेको स्वीकारेका छन् ।

पति छमबहादुर थापासँग सम्बन्ध अघि बढ्न नसकेपछि सर्वोदय उच्चमाविकी शिक्षिका तारा रनबहादुर पुनको घरमा डेरा बसेकी थिईन ।

सोही क्रममा घरबेटीका छोरा इन्द्रले उनलाई पछ्याउन थालेका थिए । केही महिना पहिला मात्र उनी डेरा सरेकी थिइन । त्यसपछि पछ्याउँदै इन्द्रले ताराको हत्या गरेको प्रहरीले जनाएको छ ।