बुटवल उद्योग बाणिज्य संघमा साधारण सभाको तयारी

1.1K

बुटवल उद्योग बाणिज्य संघमा साधारण सभाको तयारी

बुटवल, ४ असोज । बुटवल उद्योग बाणिज्य संघको ६६ औं वार्षिक साधारण सभा आगामी सोमबार हुँदैछ । संघको सचिवालयले साधारण सभाको तयारी पुरा गरेको जनाएको छ । संघको ६६ औं साधारण सभा बुटवलको मिलनचोक स्थित सिद्धार्थ कटेजमा हुँदैछ ।
साधारण सभाको प्रदेश पाँचका उद्योग पर्यटन बन तथा वातावरण मन्त्री लिला गिरीले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । त्यस्तै सरकारका बिभिन्न तहका पदाधिकारीहरु, नेपाल उद्योग बाणिज्य संघका पदाधिकारी, प्रदेश उद्योग बाणिज्य संघका पदाधिकारीहरु समेत आउने कार्यक्रम छ ।
साधारण सभामा संघको वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा समसामयिक व्यबसायिक समस्या एवं सम्भावनाका विषयमा प्रस्ताव तयार गरी कार्यसमिति बैठकबाट पारित गरिएको छ ।
साधारण सभा तयारीकालागि बिभिन्न समिति गठन गरिएको छ । साधारण सभाकालागि रजिष्ट्रेसन तथा किट व्याग समितिको संयोजकमा मुक्ति अधिकारी, खाना तथा नास्ता समितिमा बसन्त ढकाल, प्रस्ताव समितिमा प्रतिक पोखरेल, सदस्यता मत सर्वेच्छेणमा सञ्जय जयसवाल, निमन्त्रणा तथा अतिथि व्यबस्थापनमा करुण खनाल, मञ्च तथा हल व्यबस्थानमा मनोज ध्वजु, स्वागत तथा सत्कारमा धनकुमारी खनाललाई चयन गरिएको छ । सबै समितिले आ–आफ्नो जिम्मेवारीमा रहेका काम काम पूरा गरेको संघले जनाएको छ ।