बोहोरा इन्फोशोलुसन टेक्नोलोली औपचारिक संचालनमा

915

बोहोरा इन्फोशोलुसन टेक्नोलोली औपचारिक संचालनमा

vvमुर्गिया २०,मंसिर । रुपन्देहीको सैनामैना १० मा हालै स्थापना भएको बोहोरा इन्फोशोलुसन टेक्नोलोजी प्रोजेक्ट आज (आइतबार) देखी औपचारिक रुपमा संचालन मा आएको छ ।
प्राजेक्ट को आज एक कार्यक्रम का विच सैनामैना नगरपालिका का सामाजिक शाखा प्रमुख केशवराज अर्याल ले समुद्घाटन गर्नुभयो ।सो अबशर मा बोल्दै उहाले पछिल्लो विश्व परिबेश मा प्रबिधिको तिव्र विकाश भएसंगै यसको प्रयोग मा पनि उत्तिकै बृद्धि भैरहेको बताउनुभयो । नेपाल मा यस्तो कार्य नौलो भएको बताउदै उहाले स्थानिय युवाहरुलाइ स्वरोजगार बनाउनका लागी प्रोजेक्ट ले सहयोग गरेको बताउनुभयो । निजि संस्था भएर पनि धेरै युवाहरुलाइ रोजगार दिएको बताउदै उहाले यस संस्था प्रति सबैको सहयोग रहनुपर्ने बताउनुभयो ।
विशिष्ट अतिथि सिद्धार्थ मेमोरियल एकेडेमीका प्रिन्सिपल भोजराज पौडेल ले बर्तमान समय मा यस्तो कार्य समय सापेक्ष भएको बताउदै सफलता को शुभकामना दिनुभयो । अर्का विशिष्ट अतिथि इलाका प्रहरी कार्यालय सालझण्डी का प्रहरी निरिक्षक हरि बरुवाल ले देश मा विकराल बेरोजगारी लाइ न्युन बनाउनका लागी संस्था ले सहयोग गरेको बताउनुभयो । रेडियो मलमला का स्टेशन म्यानेजर ऋषिराम न्यौपाने ले संस्था स्थापना संगै चुनौति हरु पनि रहेकाले व्यबस्थापन पक्ष बलियो हुनुपर्नेमा जोड दिनुभयो ।
प्रोजेक्ट का म्यानेजिङ डाइरेक्टर जितु बोहोरा ले प्रोजेक्ट को बारेमा प्रकाश पाुर्नभएको थियो । प्रबिधिको तिव्र विकाश संगै यसको प्रयोग का लागी समयानुकुल यस्तो कार्य संचालन गरिएको उहाले बताउनुभयो । प्रोजक्ट मा हुने काम बारे प्रकाश पार्दै उहाले यो संस्था एक भारतिय ठुला कम्पनिहरु संग समयन्वय गरि अगाडी बढेको संस्था भएको बताउदै सबै काम कम्युटर बाटै हुने जानकारि दिनुभयो । उहाले अहिले सम्म १५ जना कर्मचारी नियुक्ति गरि कार्य अगाडी बढाइएको बताउनुभयो । रुपन्देही मै गरिएको नौलो र फरक कार्य प्रति सबैको सहयोग , सद्भाव तथा सुझाव सल्लाह आवश्यक रहेको उहाले बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा का कृष्णबम मल्ल, राष्ट्रिय जनमुक्ति पार्टिका टाम बहादुृर सोमइ, कर्मचारी सन्देश केसी लगायतले बोल्दै संस्था को विकाश का लागी शुभकामना दिनुभयो । सो कार्यक्रम बोहोरा इन्फोशोलुसन टेक्नोलोजी प्रोजेक्ट का म्यानेजिङ डाइरेक्टर जितु बोहोरा को अध्यक्षता, सैनामैना नगरपालिका का सामाजिक शाखा प्रमुख केशवराज अर्यालको प्रमुख आतिथ्यता मा भएको हो ।
सो कार्यक्रम प्रोजेक्ट को—अर्डिनेटर दिपक पौडेलको स्वागत तथा प्रोजेक्ट म्यानेजर सुरेन्द्र परियार को संचालन मा सम्पन्न भएको हो ।