भक्तपुरमा भूकम्प प्रतिरोधात्मक अस्पताल सञ्चालनमा

690

भक्तपुरमा भूकम्प प्रतिरोधात्मक अस्पताल सञ्चालनमा

IMG_2968भक्तपुर, ७ कात्तिक । भक्तपुर जिल्ला मै पहिलो पटक भूकम्प प्रतिरोधात्मक भवनसहित लिफ्ट भएको सुविधा सम्पन्न अस्पताल सञ्चालनमा आएको छ ।

बिगत पाँच बर्षदेखि अरुको घरमा भाडामा सञ्चालन गर्दै आएको मध्यपुरथिमी शंखधर चोकस्थित मध्यपुर अस्पतालले आफ्नो क्षमता विस्तारसँगै लिफ्टसहितको आफ्नै भूकम्प प्रतिरोधात्मक भवन सञ्चालनमा ल्याएको हो ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठले भक्तपुर र पूर्वबाट आउने बिरामी सुविधा सम्पन्न अस्पतालजाने भएकाले यहाँका बिरामीलाई भक्तपर मै सस्तोमा सर्वसुलभरुपमा गुणस्तरीय सेवा दिन अस्पतालले आफ्नो क्षमतासमेत विस्तार गरेको बताउनुभयो ।

अस्पतालले २४ सै घण्टा ईमरजेन्सी, डिजिटल एक्सरे, फार्मेसी, ल्याब, अल्ट्रासाउण्ड, बहिरङ एवम् अन्तरङ्ग, ईसीजी, ईको, शल्यक्रिया, नशा तथा हाड जोर्नी, प्रसूति तथा स्त्री रोग सेवा र एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।

अस्पतालले निःशुल्करुपमा महिलाहरुको आङ्ग खस्ने रोगको शल्यक्रिया, परिवार नियोजन सेवा, सुरक्षित मातृत्व सेवा, क्षयरोगको उपचार सञ्चालन गरेको छ ।
अस्पतालले अहिलेसम्म एक लाख ४७ हजार ३७ जना बिरामीलाई स्वास्थ्य सेवा दिएको छ ।
अस्पतालले गरिब तथा असाह्य बिरामीका लागि निःशुल्क उपचारको व्यवस्था मिलाएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । रासस