भूपिनको एकल कविता बाचन हुने

691

भूपिनको एकल कविता बाचन हुने

sahitya

मिना पौडेल/
देवदह । कवि भूपिनको एकल कविता बाचन रुपन्देहीको देवदहमा हुने भएको छ ।

युगिन साहित्य समाज र अनुराग साहित्यको समाजको संयुक्त आयोजनामा अजोस १ गते कार्यक्रम सम्पन्न हुने प्रत्रकार सम्मेलनमा उक्त कुराको जानाकारी गराइएको हो ।  कार्यक्रमबारे जानाकारी गराउदै अनुराग साहित्य समाजका अध्यक्ष निर्मल ढुङ्गनाले राष्ट्रिय तथा बलशाली कवि भूपिनलाई देवदहमा पहिलो पटक ल्याउन पाउदा खुशी लागेको बताउनुभयो ।

उहाले उक्त कार्यक्रममा  कवि भूपिनबाट १२ वटा कविता, स्थानिय स्रष्टाहरुबाट ६ वटा कविता बाचन हुने जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै युगिन साहित्य समाजका अध्यक्ष यज्ञ न्यौपानेले राष्ट्रिय कवि भूपिनको सम्मानमा देवदहका सम्पूर्ण साहित्यप्रेमीहरु एक ठाउँमा उभिएको बताउनुहुदै कार्यक्रममा सफल पार्न सबैले आ–आफ्नो स्थानबाट लाग्नपर्नेमा जोड दिनुभयो ।

कार्यक्रम संयोजक श्याम न्यौपानेले कार्यक्रममा अनुमानित ५० हजार जति खर्च लाग्ने बताउनुभयो । साथै कार्यक्रममा कवि भूपिनलाई विशेष सम्मान  गुरिनुका साथै स्रष्टा  र सहयोगीहरुलाई पनि सम्मान गरिने जानाकारी दिनुभयो । कार्यक्रम युगिन साहित्य समाजका सचिव गणेश न्यौपानेको संचालनमा सम्पन्न भएको थियो ।