मानव धर्म सेवा समितीद्वारा शैक्षिक सामाग्री वितरण

712

मानव धर्म सेवा समितीद्वारा शैक्षिक सामाग्री वितरण

नवलपरासी, २९ भदौ । नेपाल मानव धर्म सेवा समितीको कार्यालय बुटवलले नवलपरासीका माझी बस्तीका बालबालीकालाई शैक्षिक सामाग्री प्रदान गरेको छ । समितीको बुटवल स्थित प्रादेशिक कार्यालयको युवा संगठन विभाग अन्र्तगत शिक्षा अभियान समितीले सो सामाग्री हस्तान्तरण गरेको हो ।
नवलपरासी जिल्लाको कावासोती नगरपालिका वडा नं. १५ माझीटोलमा अवस्थित माझी प्राथमिक विद्यालयमा अध्ययन गर्ने ६० जना भन्दा बढी बालबालिकाको लागि कापी, कलम, सापनर, इरेजर, लगायतका शैक्षिक सामाग्री बितरण गरिएको शैक्षिक अभियानका संयोजक दिपक पंगेनीले जानकारी दिनुभयो । बुटवल तथा आसपासका बिद्यालयमा अध्ययनरत विद्यार्थीबाट संकलन भएका सामाग्रीहरु समेत माझी प्राथमिक बिद्याालयका बालबालिकालाई प्रदान गरिएको मानव धर्म सेवा समिती हंस योग आश्रम बुटवलकी प्रमुख चादँना बाइजीले बताउनु भयो ।
कार्यक्रममा विद्यार्थीका लागी शैक्षिक सामाग्री ग्रहण गर्दै विद्यालयका अध्यक्ष सन्तबहादुर माझीले धार्मिक सस्था मानव धर्म सेवा समिती शिक्षा अभियानले शैक्षिक सामाग्री प्रदान गरेर बिद्यार्थीलाई अध्ययन गर्ने हौसला थपेको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो । वि.सं २०५३ सालमा स्थापना भएको माझी प्राथमिक बिद्यालयमा माझी समुदायका झण्डै ६० जना बिद्यार्थीहरु अध्ययन गर्दै आएका छन् ।