यस्तो छ पहिलो महिला सभामुख ओनसरीको जीवनी

748

यस्तो छ पहिलो महिला सभामुख ओनसरीको जीवनी

ओनसरी घर्तीमगर ‘उषा’
जन्म : २०३४ कात्तिक २८ गते ।
बुवा आमा : प्रसाद घर्तीमगर/नौमती घर्तीमगर (दुई आमामध्ये कान्छिबाट)
दाजु भाई दिदी बहिनी : तीन दाजु, चार दिदि बहिनी । दिदी बहिनीमध्ये माहिली ।
छोरी : शिला पुन
छोरो : उत्सव पुन

शिक्षा : नजिकै रहेका बालकल्याण प्राथमिक विद्यालयबाट अध्ययन सुरु गरेकी (अहिले मावि) । तीन कक्षा उत्तिर्ण गरेपछि बुवा स्कुल छोडाउन चाहान्थे । संयोगले स्कुलको त्यसवर्षको वार्षिकोत्सवमा छात्राहरुतर्फ खेलाइएको ६ वटा खेलमा उनी प्रथम भइन् । कक्षामा दोस्रो । खेलकुदतर्फबाट ६ र कक्षाको दोस्रो पुरस्कारसहित एकैसाथ सातवटा पुरस्का लिएपछि उनको बुवामाथि स्कुल छोडाउन नहुने दबाब पर्‍यो । गाउँको स्कुलबाट प्राथमिक तह पार गरेपछि छिमेकी गाविस कोटगाउँमा निमाविसम्म पढिन् । सदरमुकाम लिबाङको बालउदय माविबाट एसएलसी उत्तिर्ण गरिन् । ०५२ मा लिबाङको बालकल्याण मावि उमावि बन्यो । ओनसरी भर्ना भइन् । पार्टीको आदेशमा स्कूल छाडेर जनयुद्धमा होमिइन् ।

राजनीति
रोल्पामा दुईवटा चर्चित युवा क्लव थिए, जलजला र सुनछहरि । जलजला कम्युनिस्टहरुको पकडमा र सुनछहरी कांग्रेसको पकडमा । ०४६ को आन्दोलन अघिपछि वर्षमान पुन अनन्त, नौलो घर्तीम, नवल घर्तीहरु जलजला युवा क्लवको हर्ताकर्ता थिए । नाचगानमा रुची राख्ने ओनसरी क्लवको साँस्कृतिक विभागमा प्रवेश गरिन् । उनी क्लवमा रहेका कम्युनिस्ट सम्बन्धि पुस्तक पढ्न थालिन्, र कम्युनिस्ट बनिन् । राजनीतिमा सक्रिय भइ्न । सदरमुकाममा नौ कक्षामा पढ्दै गर्दा उनी अखिलको सहकमिटिमा थिइन् । तीनपटक प्रहरीबाट पक्राउ परिन् ।

०५२ मा उनी तत्कालीन नेकपा (माओवादी)को एरिया सदस्य भइसकेकी थिइन् । २०५२ फागुन १ गते होलेरीस्थित इलाका प्रहरी कार्यालयमाथि आक्रमणमा उनी सहभागी भइन् । आक्रमणमा दुई जना महिला थिए, ओनसरी र तारा घर्तीमगर । उनले बन्दुक त जनयुद्ध सुरु नहुँदै पढ्काइसकेकी थिइन् ।

छापामार
ओनसरी स्कूलमा हेप्न खोजे पुरुषमाथि पनि जाइलाग्थिन् । आफूलाई हेप्नेविरुद्ध प्रतिकार गर्न कराते पनि सिकेकी थिईन् । युद्ध सुरुभएपछि उनी छापामार बन्न चाहान्थीन् । उनी छापारको प्लाटुन पर्मेशनको सदस्य भइन् । दुईवर्ष छापामार बनिन् । दुईवर्षपछि उनलाई पार्टीले संगठनमा खटायो । अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को अध्यक्ष बनिन् । पार्टीको एरिया इन्चार्ज बनिन् । फौजी जिम्मेवारीमा नभए पनि फौजी सहभागीता भने जनाइराखिन् ।
०५४ तिर उनी एउटा इलाका इन्चार्ज थिइन् । पाखापानी गाविस उनकै इलाका पथ्र्यो । उनले पाखापानीमा रहेको प्रहरी चौकीमाथि आक्रमण गर्नुपर्ने प्रस्ताव पार्टीमा राखिन् । सर्भेका लागि उनीनै गइन् । उनी त्यसबेला ७ महिनाकी गर्भवति थिइन् । तर सर्भेको अन्तिम दिन उनीसहित केही माओवादी कार्यकर्ता प्रहरी घेरामा परे । उनीहरु भागे । ओनसरी छहराबाट हाम फालेर भागिन् । ज्यान जोगाइन् । सातमहिनामै सन्तान जन्माइन्, छोरी शिला ।

पश्चिमबाट पूर्व

छोरी एकवर्ष पुगेपछि उनले फेरी माग गरिन्, सेनामा जान्छु । त्यसबेला पूर्वी नेपालमा जनसेनाको उतिधेरै विकास भएको थिएन । ०५९ मा उनी पूर्वी नेपाल गइन् । उनले जनसेनाका बटालियन कमिसारको जिम्मा सम्हालिन् । उनी बटालियनको पहिलो महिला कमिसार हुन् । ०५९ मै उनी माओवादीको केन्द्रीय सदस्य पनि बनिन् । जतिबेला उनी २५ वर्षीया युवती थिइन् । ..जिल्लाको ऐसेलु खर्कमा भएको भिडन्तमा उनी सहभागी थिइन् । उनी झण्डै एक वर्ष बटालियन कमिसार भइन् ।
उनी फेरी सांगठनिक काममा फर्किइन । सोलुखुम्बुको पुरै जिल्ला र भोजपुर, रामेछाप, ओखलढुंगा, दोलखाको माथिल्लो भागलाई समेटेर बनाइएको सिलुचुङ आधार क्षेत्रको इन्चार्ज बनिन् । ०६१ को अन्तिममा उपत्यका र आसपासको जिम्मेवारी लिएर आइन् । जनआन्दोलन सुरुहुँदा उनी काभ्रे र रामेछापको इन्चार्ज थिइन् ।

पोलिट्व्यूरो सदस्य

ओनसरी हेटौडा महाधिवेशन र विराटनगर सम्मेलनबाट एकीकृत माओवादीको केन्द्रीय सदस्यमा पुन: चुनिइन् । ११ वैशाख ०७१ मा भएको ५० सदस्यीय पोलिट्व्यूरो सदस्यका लागि भएको निर्वाचनमा उनी २९ औं नम्बरमा विजयी भएर पोलिट्व्यूरो सदस्य बनिन् ।

सभासद्

पहिलो संविधानसभामा उनी समानुपातिकबाट सभासद् बनिन् । उनी झलनाथ खनाल नेतृत्वको सरकारमा १३ दिने युवा तथा खेलकुद मन्त्री भइन् । उनले छैटौं राष्ट्रिय खेलकुद सुदरपश्चिममा गर्ने निर्णय गरिन् । दोस्रो संविधानसभा निर्वाचनमा उनले रोल्पा २ बाट जितिन् । उपसभामुख बनिन् ।

विवाह
ओनसरीको विवाह ११ भदौ ०५२ मा भएको हो । जयनयुद्धको अन्तिम तयारीको लागि रोल्पाको जिल्लास्तरीय भेलामा तीन जोडीको जनवादी विवाह भयो । वर्षमान पुन अनन्त र ओनसरी घर्तीको जोडी, कुलप्रसाद केसी र तारा घर्तीको जोडी र रणबहाुदर केसी र आशा पुनको जोडि ।

– See more at: http://www.ratopati.com/news/9166/#sthash.WblxBTh2.dpufonsarai