राप्रपा नेपालका महामन्त्री गुरूङको निधन

848

राप्रपा नेपालका महामन्त्री  गुरूङको निधन

chandra

काठमाडौं, असोज/राप्रपा नेपालका महामन्त्री चन्द्रबहादुर गुरूङको उपचारका क्रममा निधन भएको छ। अमेरिकाको कोलोराडोमा नेपाली समय अनुसार शनिबार राति ८ बजे निधन भएको राप्रपा नेपालका सह-प्रवक्ता मोहन श्रेष्ठले बताए।

६१ वर्षीय गुरूङका १ छोरा एक छोरी र श्रीमती छन्।

यसैबीच राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादनको आकस्मिक बैठक आज  बिहान ८ बजे  पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने श्रेष्ठले बताए।

२०१२ सालमा स्याङ्जाको पञ्चमुल सिरुवारीमा जन्मेका गुरुङ पञ्चायतकालमै अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्ष र नेपाल युवा संगठनको सभापति बनेका थिए।
राप्रपा स्थापना हुँदा त्यसको केन्द्रीय सदस्य रहेका गुरुङ राप्रपा नेपालकेा महामन्त्री बने। पहिलो संविधानसभामा राप्रपा नेपालको संसदीय दलका नेता रहेका गुरुङ दोस्रो संविधानसभा निर्वाचन भने स्याङजा-१ बाट पराजित भएका थिए।