बुटवल, असोज ४ । प्रदेश पाँचको संसदीय समितिले विधेयक निर्माणका क्रममा नागरिक र सरोकारवालासँग पर्याप्त छलफल गर्न सुझाव दिइएको छ । नागरिकको अभिव्यक्तिलाई प्रदेशसभासमक्ष पु¥याउने प्रदेश सांसद र मिनि संसद भनेर चिनिने बिषयगत समितिले सरोकारवाला निकायसँग पर्याप्त छलफल गर्न नसकेको भन्दै सुधार गर्न विभिन्न क्षेत्रका व्यक्तिहरुले सुझाव दिएका हुन् ।
सामुदायिक रेडियो प्रसारक संघ (अको¥याब) सिआइएनले शनिबार बुटवलमा गरेको हेल्लो संसद कार्यक्रममा सहभागीहरुले संसदमा सांसदहरुको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ । कार्यक्रममा अर्थ उद्योग तथा पर्यटन विकास समितिका सभापति सांसद दधिराम न्यौपानेले कानुन निर्माणको मूल दायित्व रहेकाले त्यसलाई सकभर सरोकारवालासँग छलफल गरेरै अगाडि बढाइएको बताउनुभयो । उहाँले आफू मातहतको समितिको हालसम्म २५ वटा बैठक बसेको र नागरिकसँग जोडिएका बिषयहरुमा सरकारको ध्यानआकर्षण र निर्देशन दिने काम समेत गरिएको बताउनुभयो ।
प्रदेश मामिला तथा कानुन समितिकी दामाकुमारी शर्माले न्यायसँग जोडिएका कानुहरुका बारेमा आफ्नो समितिले गहन छलफल गर्ने गरेको बताउनुभयो । उहाँले ७५ साल साउनदेखि बिषयगत समिति गठन भएको र त्यसयता समितिले विवादित बिषयमा समेत सरोकारवालासँग छलफल गरेर टुंगोमा पु¥याएको बताउनुभयो । उहाँले प्रदेशसभाले सरकारलाई निर्देशन र नियमन गर्ने भएकाले आफूहरुले आगामि दिनमा अझै भूमिकालाई प्रभावकारी बनाउने प्रतिबद्धता समेत जनाउनुभयो ।
कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुले प्रदेशसभाले जनतासँग सम्न्धित बिषयमा पर्याप्त छलफल नगरेको, संसदीय समितिकै निर्णय र निर्देशनको अटेर गर्ने गरेको भनेर जिज्ञासा राखेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश ५ का उपाध्यक्ष भरत केसी, संसदीय मामिला पत्रकार समाज प्रदेशका अध्यक्ष विष्णु घिमिरेले प्रदेशसभाका बिषयगत समितिमा मिडियालाई सहज रुपमा उपस्थित हुन नदिएको भन्दै सांसदहरुको ध्यानआकर्षण गराउनुभयो ।
यसैगरि छलफलमा बुटवल उद्योग बाणिज्य संघका वाणिज्य उपाध्यक्ष हरि अर्याल, रोडा ढुंगा व्यवसायी संघ रुपन्देही अध्यक्ष गोपाल ज्ञवाली लगायतले संसदको बिषयगत समितिले जनतासँग जोडिएका बिषयमा छलफल र उनीहरुको भावनालाई समेत समेट्न आग्रह गर्नुभएको थियो । कार्यक्रममा सामुदायिक वनको समस्या, नदीजन्य पदार्थ निकासी, संघीयता कार्यान्वयन, बजेट कार्यान्वयन, लैंगिक मैत्री बजेट, अल्पसंख्यकको उपस्थिती, दलित समुदायको परम्परागत सिप प्रवद्र्धन जस्ता बिषयमा सांसदहरुको ध्यानआर्कषण गराइएको छ ।