विश्वकपका लागि छनोट नेपाली टोली आइपुग्यो

465

विश्वकपका लागि छनोट  नेपाली टोली आइपुग्यो

under-19-cricket-2

काठमाडौं । मलेसियामा सम्पन्न आइसीसी अन्डर १९ विश्वकप छनोटमा विजयी भएर आएको नेपाली टोली शुक्रबार काठमाडौं आइपुगेको छ ।मध्यान्ह साढे १२ बजे आएको नेपाली टोलीलाई नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीहरुले स्वागत गरेका थिए ।नेपालले बिहीबार भएको खेलमा आयरल्यान्डलाई तीन विकेटले पराजित गर्दै नेपाल आगामी वर्ष बङ्गलादेशमा हुने आइसिसी यु-१९ विश्वकप विश्वकपका लागि छनोट भएको छ ।नेपालले समूह चरणको चार वटै खेलमा पनि शतप्रतिशत नजिता निकाल्न सफल भएको थियो । मलेसियाको राजधानी क्वालालम्पुरमा बिहीबारको अन्तिम खेलमा आयरल्यान्डले टस जितेर पहिलो ब्याटिङ रोजेको थियो । आयरल्यान्डले ४७.४ ओभरमा सबै विकेट गुमाउँदै १८४ रनको मध्यम स्कोर बनाउन सफल भयो । एक सय ८५ रनको विजयी लक्ष्य पछ्याउन मैदान प्रवेश गरेको नेपाली टोलीका ओपनर ब्याट्स्म्यान सुनिल धमलाले ४७, राजु रिजालले ३५, आरिफ शेखले २१ र दीपेन्ऽसिंह ऐरीले २६ रन बनाएका थिए ।आयरल्यान्डलाई कम स्कोरमै समेट्ने क्रममा नेपालका आरिफ शेखले तीन, ललितनारायण राजवंशीले चार तथा दिपेन्ऽ ऐरीले दुई विकेट लिएका थिए । जितसँगै नेपालले अर्को वर्ष बङ्गलादेशमा अर्को वर्ष हुने यु-१९ विश्वकप खेल्नेछ । यससँगै नेपालले सातौँ पटक यु १९ विश्वकपमा छनोट हुन सफल भएको हो ।यसअघि बुधबार भएको लिग चरणको अन्तिम खेलमा पनि नेपालले आयरल्यान्डलाई आठ विकेटले पराजित गरेको थियो । बुधबार नेपालले जित्दा पनि आयरल्यान्डले पहिलो ब्याटिङ गर्दै नेपाल सामु १८५ रनकै लक्ष्य प्रस्तुत गरेकेा थियो । सो खेलमा नेपालका ओपनर जोडी सुनिल र सन्दीप सुनारले १७० रनको साझेदारी गरेपछि नेपालले लक्ष्य सहज रूपमा भेट्टाएको थियो ।यसअघि नेपालले पहिलो खेलमा पपुवा न्युगिनीलाई नौ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा युगान्डामाथि १७१ रनको फराकिलो अन्तरले जित हासिल गरेको थियो । तेस्रो खेलमा अमेरिकालाई छ विकेट तथा चौथो खेलमा आयरल्यान्डलाई आठ विकेटले नै पराजित गरेको थियो ।