सन्राइज बैंकद्वारा क्याम्पसलाई सहयोग

891

सन्राइज बैंकद्वारा क्याम्पसलाई सहयोग

नवलपरासी, ६ असोज । सन्राइज बैंकको सुनवल शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै सुनवल नगरपालिका वडा नं. ४ स्थित महाकवि देवकोटा क्याम्पसलाई शैक्षिक सामाग्रि प्रदान गरेको छ ।
क्याम्पसमा आयोजना गरिएको क्याम्पस सभामा सुनवल शाखाका शाखा प्रमुख प्रकाश खनालले ३२ हजार रुपैंया बराबरको शैक्षिक सामग्रि क्याम्पस सञ्चालक समितिका अध्यक्ष कृष्णप्रसाद लामिछानेलाई हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा पुर्व गृहराज्य मन्त्री देवेन्द्रराज कंडेल, सुनवल नगरपालिकाका मेयर भिमबहादुर थापा क्षेत्री लगायतको उपस्थितमा उक्त सामान हस्तान्तरण गरिएको सो बैंकले जनाएको छ ।
हालसम्म सन््राइज बैंकले १२२ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ सेवा, ६ वटा एक्सटेन्सन काउण्टर र १४२ वटा ए.टि.एम मार्फत ५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरेको छ ।