सरकारले सिके राउतलाई कारबाही गर्नुपर्छ : कमल थापा

1.1K

सरकारले सिके राउतलाई कारबाही गर्नुपर्छ : कमल थापा

बुटवल, फागुन । रापपाका अध्यक्ष कमल थापाले सिके राउतसंग सरकारले गरेको सहमतिले देशलाइ कालान्तरमा दुर्घटनामा फसाउने दाबि गनुभएको छ । ‘दस्ताबेजका बुदाहरु सरल ढंगले लेख्न सकिन्थ्यो, लुकाएर, छिपाएर, रहस्यमय छ, छलछाम, जालझेल र अर्मुत ढंगले लेखिएको छ’ उहाले भन्नुभयो ।
मंगलबार बुटवलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उहाँले मधेशमा सिके राउत पुग्दा नाराबाजी, झण्डा प्रयोग हुदा सरकार मुकदर्शक बनेको भन्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका थापाले स्वतन्त्र मधेश संगठनलाई सरकारले बढी सम्मान गरेको प्रति आपत्ती जनाउनुभयो ।
‘देशमा सानै भएपनि बिखण्डनकारी तत्व सल्बलाए, आफैमा बिरोधाभाष, अमुत, बिबादित र रहस्यमय छ’, तत्कालिन माओबादी पनि सानै थियो, यो मुद्धा बेलैमा नटुंगाए कालान्तरमा द्वन्द्व हुनसक्छ, सरकारले सिकेलाई कारबाही गर्नुपर्छ ।’ उहाँले भन्नुभयो । नेपाल हिन्दुराष्ट्र बनाइछाड्ने भन्दै थापाले हिन्दु राज्यको पक्षमा देशभर जनलहर बढेको समेत दाबि गनुभयो । सरकारका गतिबिधिप्रति जनता निराश भएको उहाँको भनाई छ ।