साईकल यात्रीको अनुभवः ‘लगानीको सम्भावना छ, वातावरण छैन’

677

साईकल यात्रीको अनुभवः ‘लगानीको सम्भावना छ, वातावरण छैन’

बुटवल, ५ असोज । सुशासन र आर्थिक बिकासको सन्देशसहित खोटाङ्बाट साईकल ¥यात्रमा निस्किएका कर्ण श्रेष्ठ बुटवल आईपुग्नु भएको छ । मुलुकमा वेथिती, बिसंगति र भ्रष्टाचारले गाँजेकाले त्यसबाट मुक्ति दिनुपर्ने सन्देश सहित उहाँ साईकल यात्रामा निस्कनु भएको थियो । २०७५ चेत तीन गते साईकल यात्रामा निस्किएका खोटाङ्को दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. ४ खाल्लेका श्रेष्ठ रुपन्देही सहित ७४ जिल्लामा साईकल यात्रा गरिसक्नु भएको छ ।
शनिबार बुटवल आउनु भएका श्रेष्ठले आईतबार बिहान बुटवलमा पत्रकार सम्मेलन गरि साईकल यात्राका क्रममा मुलुकमा प्रसस्त सम्भावना भएपनि संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार त्यसतर्फ गम्भिर नभएको देखिएको बताउनु भयो । उहाँले बुटवलमा बुटवल उद्योग बाणिज्य संघ, प्रदेश पाँचको सरकार र बुटवल उपमहानगरपालिकाका प्रतिनीधिसंग भेटघाट तथा छलफल गर्नुभएको छ । छलफलका क्रममा रुपन्देही जिल्लामा लगानीको राम्रो संभावना देखिएपनि सरकारले नीतिगत रुपमा गर्नुपर्ने कानुनी व्यबस्था मिलाउन नसकेका कारण लगानी कर्तामा उत्साह नदेखिएको उल्लेख गर्नुभयो ।
३४ वर्षीय श्रेष्ठले खोटाङ्मा किराना व्यबसाय सञ्चालन गर्नुभएको छ । ‘तराईमा उर्भर भूमि छ, पहाडमा ६ हजार खोला नाला छन् ।’ उहाँले भन्नुभयो–‘हामी समाज रुपान्तरणको अभियानमा छौं, तर यी सबै त्यसै खेर गईरहेका छन्, सरकारको ध्यान जान जरुरी छ ।’ सरकारले किसानकालागि केही गरेपनि किसानलाई छुट्याएको पैसा किसानका नाममा बिचौलीयाले रज्याईँ गरिरहेको उहाँले बताउनु भयो । त्यसको त्यसको अनुगमन तथा सुपरिवेक्षण समेत नगरको बताउँदै सरकारलाई त्यसतर्फ गम्भिर बन्न आग्रह गर्नुभयो ।
मुलुकमा लगानीका प्रसस्त सम्भावना भएपनि दक्ष जनशक्तिको अभाव, लगानी मैत्री वातावरणको अभावका कारण लगानी कर्ता उत्साहित हुन सकिरहेका छैनन– उहाँको भनाई छ । उद्योग बाणिज्य संघका सदस्य समेत रहनुभएका श्रेष्ठले साईकल यात्राका क्रममा त्यस स्थानका नीजि क्षेत्र, प्रदेश तथा स्थानीय सरकारका प्रतिनीधि, सामाजिक संघसंस्थाका प्रतिनीधिसंग छलफल तथा अन्तरक्रिया गर्ने र त्यस क्षेत्रको सम्भावना, अवसर, चुनौती र समस्या पहिचान गर्ने काम भएको बताउनु भयो । रुपन्देही पछि उहाँले आईतबार साँझ नवलपरासी पश्चिम, नवलपरासी पूर्व र चितवनको साईकल यात्रा पछि ७७ वटै जिल्लाको साईकल यात्रा सकेर साईकल यात्राको बारेमा एउटा किताव प्रकाशन गर्ने लक्ष्य रहेको बताउँदै त्यसपछि विश्व साईकल यात्राको लक्ष्य रहेको बताउनु भयो ।
साईकल यात्रामा निस्कँदा उहाँलाई उद्योग बाणिज्य संघले त्यस स्थानमा खाना र बस्नको व्यबस्था गरेको बताउँदै बाँकी खर्च आफैले व्यबस्थापन गरेको उल्लेख गर्नुभयो ।