सुनाखरी सहकारीकोको साधारण सभा

389

सुनाखरी सहकारीकोको साधारण सभा

logoबुटवल, २३ असोज । सुनाखरी बचत तथा ऋण सहकारी संस्था बुटवल ७ को ५ औं बार्षिक साधारण सभा शनिबार बुटवलमा सम्पन्न भएको छ ।
साधारण सभामा अध्यक्ष अशोककुमार श्रेष्ठले प्रस्तुत गर्नुभएको बार्षिक तथा कोषाध्यक्ष देबेन्द्रप्रसाद श्रेष्ठले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सर्बसहमतिले पारित भएको छ ।
साधारण सभामा अध्यक्ष श्रेष्ठले चालु आर्थिक वर्षकालागि तर्जुमा भएका नीति तथा कार्यक्रमलाई निरन्तरता दिंदै कम्तिमा २० प्रतिसत शेयर सदस्य बृद्धि गर्ने, शेयर सदस्यलाई सहकारी शिक्षा तथा तालिम प्रदान गर्ने, कर्मचारीलाई व्यबस्थापन तथा लेखा तालिमको व्यबस्था मिलाउने, सहकारीले लिने व्याज समयानुकुल परिवर्तनकालागि कार्यसमितिलाई अख्तियारी प्रदान गर्ने लगायतको प्रस्तावहरु प्रस्तुत गर्नुभएको थियो ।
अध्यक्षले प्रस्ताव गरेको कार्यक्रमहरु साधारण सभाले पारित गरि कार्यसमितिलाई अख्तियारी प्रदान गरेको सचिव क्रान्ति पाण्डेले जानकारी दिनुभयो ।
साधारण सभाको उद्घाटन गर्दै बुटवल उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष खिमबहादुर हमालले सहकारीका माध्यमबाट समाज रुपन्तरणमा ठूलो योगदान मिलेको बताउँदै सहकारीलाई अझै समृद्ध र सक्षम बनाउँदै अंगाडी बढ्न आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा सल्लाहकार बिष्णु पुरी, नेपाल जेसिजका पूर्व राष्ट्रिय अध्यक्ष अनुपमान सैंजु लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।