सुनौलीनाका बाट आउने इन्धनको परिणाम बढ्यो

1.1K

सुनौलीनाका बाट आउने इन्धनको परिणाम बढ्यो

bharattरुपन्देही,कार्तिक . देशका अन्य नाकाहरुको अबरोध जारी रहेपनि रुन्दिेहीको वेलहिया नाकाबाट भने निर्वाध रुपमा ईन्धन सहितका मालबहाक गाडिहरु नेपाल आईरहेका चन् ।

मधेशी मोर्चाले सिमानाका वेलहियामा नाकाबन्दी गर्ने कार्यक्रम राखेपनि भारतिय पक्षले आन्दोलनकारीलाई सहयोग नगरेपछि पछिल्ला दिनमा वेलहिया नाकाबाट दैनिक २ सय बढी गाडिहरु नेपाल प्रबेश गरेका छन् ।

रुपन्देहीको वेलहियाका नाकाबाट मात्रै बिहिबार र शुक्रबार मात्रै झण्डै ५० बटा डिजल र प्रट्रोलका गाडि नेपाल प्रबेश गरेको तथा २० वटा बढी ग्यास बुलेट नेपाल आएको ईलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरिक्षक अभय बिक्रम शाहले जानकारी दिनुभयो ।

उहाका अनुसार बिहिबार सवैभन्दा बढी ३३ वटा डिजल, ४ बटा पेट्रोल सहित सयौ गाडि नेपाल आएका थियो । त्यसैगरी हिजो शुक्रबार १५८ बटा ट्रक सहित २ सय बढी मालसहितका सवारी साधन एवम बस, पिकअप, अक्सीजनका गाडि आएका छन् । उहाका अनुसार आज बिहानै देखि गाडिहरु नेपाल आईरहेका छन् । भारतिय पक्षले कुनैपनि अबरोध नगरेपछि सहज रुपमा मालबहाक साधन नेपाल आएको रुपन्देही प्रशाशनले जनाएको छ ।

भारतिय नाका सुनौली हुदै ठुलो मात्रामा डिजल तथा पेट्रोलका गाडि रुपन्देही आएपनि जिल्लामा पेट्रोलियम पदार्थको हाहाकार यथावत छ । सरकारले सम्बन्धीत नाकाबाट आएको पेट्रोलियम पदार्थ सम्बन्धीत जिल्लामा २५ प्रतिशत राखेर बाकि काठमाण्डौ पठाउन गरेको निर्देशन प्रति पश्चिमाञ्चल प्ट्रोलिय डिलर्स एसोसियसनले गंभिर ध्यानाकर्षण भएको जनाएको छ ।

एसोसियसनका महासचिव हरिराम कसौधनले बिज्ञप्तीजारी गर्दै वेलहिया नाकाबाट आएको पेट्रोलियम पदार्थ मध्य ५० प्रतिशत रुपन्देहीमा नराखे सम्पुर्ण पेट्रोल पम्प बन्द गरेर बस्ने जनाएको छ ।