स्वास्थ्यकर्मी संघ रुपन्देहीको जिल्ला भेला हुँदै

691

स्वास्थ्यकर्मी संघ रुपन्देहीको  जिल्ला भेला हुँदै

heponबुटवल, बैशाख । नेपाल स्वास्थ्य कर्मी संघ रुपन्देहीको आज शनिबार जिल्ला भेला तथा लुम्बिनी अञ्चल अधिवेशन हुँदैछ । नयाँ वर्षसंगै बुटवलमा आयोजना गरिएको सो जिल्ला भेला तथा अञ्चल अधिवेशनको नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री वालकृष्ण खाँणले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको नेपाल स्वास्थ्य कर्मी संघ रुपन्देहीका अध्यक्ष विश्वबन्दु विनयीले जानकारी गराउनु भयो । त्यस्तै कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष रामजी घिमिरे सहित पदाधिकारी, लुम्बिनी अञ्चलका ६ वटै जिल्लाका अध्यक्षहरु समेत सहभागि हुनुहुने छ ।
रुपन्देहीको जिल्ला भेलामा वर्ष भरी भए गरेका काम कारवाही र कार्यक्रमहरुको समिक्षा गरिने तथा आगामी रणनीति निर्माण गरिने पनि रुपन्देही अध्यक्ष बिनयीले बताउनु भयो । त्यस्तै अञ्चल अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।
यस अंगाडी संघले रुपन्देहीका ७ वटै निर्वाचन क्षेत्रमा क्षेत्रीय भेला गरिसकेको छ । क्षेत्रीय भेलामा स्वास्थ्य कर्मीका समस्या तथा जनस्वास्थ्य सुधारकालागि सरकारले गर्नुपर्ने कामहरुको समिक्षा गरिएको थियो ।