१ सय पूर्णांकमा ५ सय २५ अंक दिइयो

1.1K

१ सय पूर्णांकमा  ५ सय २५ अंक दिइयो

madhya_pradesh_markssheet_

सायद यस्तो लापरवाही दुनियामा कहीँ हुन्छ भने हाम्रै छिमेकमा हुन्छ । भारतको मध्यप्रदेशस्थित रिवामा रहेको अवधेश प्रताप सिंह विश्वविद्यालय अन्तरगतको एक कलेजकी एक छात्राले अर्थशास्त्र विषयमा १ सयपूर्णांकमा ५२५ अंक प्राप्त गरेकी छिन् ।

कथा यत्तिमा मात्र कहाँ सकिन्छ र ? यी छात्राले कुल साढे ४ सय पूर्णांकको परीक्षामा ७ सय २७ नम्बर प्राप्त गरेपछि ठूलै चर्चा बटुलेकी छिन् ।

 

बिए प्रथम वर्षको परीक्षामापूर्णांक भन्दा झण्डै दोब्बर अंक प्राप्त गर्न सफल यी किर्तिमानी छात्राको नाम हो गिता त्रिपाठी । विश्वविद्यालय अन्तरगतको रामपुर बघेलानस्थित सरकारी कलेजकी छात्रा हुन् उनी । उनले साढे ४ सय पूर्णांकमा ७२७ अंक प्राप्त गर्दा समेत उनलाई आफु पास भएको हो वा फेल भएको हो एकीन गर्न सकेकी छैनिन् ।

विश्वविद्यालयको लापरवाहीका कारण यस्तो भएको भन्दै गिताले यस्तो लापरवाही धेरै हुने गरेको बताइन् ।

यो घटनाको छानविन गर्न विश्वविद्यालयले एक जाँच समिति गठन गरेको छ । स्मरण रहोस् उक्त विश्वविद्यालयमा यस्तो लापरवाहीजन्य घटना पहिलो होइन । यसअघि पनि त्यहाँ विद्यार्थीको प्राप्तांकमा गडबडी, प्रश्नपत्र हराउने, अनुपस्थित देखाउने जस्ता अनेक घटना भैरहने गरेका छन् ।बीबीसी हिन्दीको सहयोगमा